पुलित्जर पुरस्कार विजेता कश्मीरी पत्रकारलाई विदेश भ्रमणमा रोक लगाइयो
काठमाडौं । पुलित्जर पुरस्कार विजेता कश्मीरी फोटो पत्रकार सना इरशाद मट्टुले आफूलाई फेरि विदेश जानबाट रोकिएको बताएकी छन् ।
ट्वीटको एक श्रृंखलामा, सना इरशाद मट्टुले दाबी गरेकी छिन् कि उनी आफ्नो पुलित्जर पुरस्कार लिन न्यूयोर्क जाँदै थिइन् तर दिल्ली एयरपोर्टमा अध्यागमन अधिकारीहरूले रोकेका थिए।
मट्टुले वैध अमेरिकी भिसा र टिकट भए पनि आफूलाई अन्तर्राष्ट्रिय यात्रामा रोक लगाइएको बताइन् ।
सना इरशाद मट्टुका अनुसार, “विना कारण मलाई यात्रा गर्नबाट रोकिएको यो दोस्रो पटक हो। केही महिना अघि भएको घटनाबारे धेरै अधिकारीहरूसँग सम्पर्क गर्दा पनि मैले कुनै प्रतिक्रिया पाइन। यो अवार्ड समारोहमा उपस्थित हुनु मेरो जीवनको सबैभन्दा ठूलो पल हुने थियो।”
यस वर्ष मे महिनामा सना इरशाद मट्टुलाई कोरोना संक्रमणको समयमा फोटोग्राफीका लागि पुलित्जर पुरस्कार प्रदान गरिएको थियो।
सना इरशाद मट्टु श्रीनगरकी बासिन्दा हुन्। उनले दक्षिण कश्मीरको अनन्तनागमा फोटोग्राफी गरेकी थिइन् । सना इरशादले २०१८ देखि जम्मू कश्मीरमा स्वतन्त्र फोटोग्राफी गरिरहेकी छिन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment