संयुक्त राष्ट्रसंघमा भारत र अमेरिकाको प्रस्तावलाई चीनले फेरि अवरुद्ध गरिदियो
काठमाडौं । पाकिस्तानस्थित चरमपन्थी संगठन लस्कर-ए-तैयबाका साहिद महमूदलाई संयुक्त राष्ट्रसंघमा विश्वव्यापी आतंकवादी घोषणा गर्ने अमेरिका र भारतको प्रस्तावलाई चीनले अवरुद्ध गरेको छ।
चीनले यस्तो कदम चालेको बेला भारतले यसै महिना संयुक्त राष्ट्रसंघमा मानवअधिकारको मुद्दामा चीनलाई अप्रत्यक्ष रूपमा समर्थन गरेको छ । वास्तवमा, भारतले सिनजियाङमा मानवअधिकार उल्लङ्घनको मुद्दामा संयुक्त राष्ट्र संघको बहसको प्रस्तावमा मतदान नगर्ने निर्णय गरेको थियो।
चीनले पाकिस्तानी चरमपन्थीलाई ‘वैश्विक आतंकवादी’ घोषणा गर्ने राष्ट्रसंघीय प्रस्तावलाई अवरुद्ध गरेको यो पहिलो पटक होइन।
यस वर्षको अगस्टमा पनि अमेरिका र भारतले संयुक्त राष्ट्र सुरक्षा परिषद्मा पाकिस्तानको अतिवादी संगठनका सदस्य अब्दुल रउफ अजहरमाथि विश्वव्यापी प्रतिबन्ध लगाउने र सम्पत्ति जफत गर्न प्रस्ताव पेश गरेका थिए।
त्यतिबेला पनि चीनले यो प्रस्ताव रोकेको थियो । अब्दुल रउफ अजहर मसूद अजहरका भाइ हुन्। मसूद अजहरलाई मुम्बई हमलाको मास्टरमाइन्ड भएको आरोप छ।
गत महिना विदेशमन्त्री एस जयशंकरले संयुक्त राष्ट्र संघको ७७ औँ महासभालाई सम्बोधन गर्ने क्रममा इशारामा चीनलाई निशाना बनाएका थिए।
“कुनै पनि देश जसले युएनएससी १२६७ प्रतिबन्ध प्रणालीलाई घोषित आतंककारीहरूलाई जोगाउनको लागि राजनीतिकरण गर्दछ, तिनीहरू आफ्नै जोखिममा पर्छन्,” उनले भने।







डिसी नेपाल







Facebook Comment