एल्नाज रेकाबी इरान फर्किदा एयरपोर्टमा किन छक्क परिन् ?

डिसी नेपाल
२ कार्तिक २०७९ १२:१६
160
Shares

काठमाडौं । हिजाब नलगाई एसियाली पर्वतारोहण प्रतियोगितामा भाग लिएकी इरानकी महिला एथलीट एलनाज रेकाबी जनताको न्यानो स्वागतका बीच विमानस्थलमा आफ्नो घर पुगेकी छन् ।

३३ वर्षीया एलनाज रेकाबीले इरानको कपडासम्बन्धी कडा नियमको उल्लङ्घन गर्दै हिजाब नलगाई दक्षिण कोरियामा भएको आरोहण प्रतियोगितामा भाग लिइन् । यद्यपि, रेकाबीले पछि भनिन् कि उनको हिजाब “संयोगवश” खसेको थियो।

तर उनको स्पष्टिकरणमा धेरैले प्रश्न उठाइरहेका छन् र एल्नाज रेकाबीले दबाबमा यो बयान दिएको पनि बताइएको छ । एलनाज एसियाली पर्वतारोहण प्रतियोगितामा भाग लिन दक्षिण कोरियाको राजधानी सियोल पुगेकी थिइन् । प्रतियोगिता अक्टोबर १६ मा भएको थियो ।

एलनाज इरानको प्रतिनिधित्व गर्दै थिइन् । खेलकुद प्रतियोगिताहरूमा पनि इरानी महिलाहरूलाई हिजाब अनिवार्य छ। तर इरानमा विगत एक महिनादेखि हिजाबको विरोधमा मानिसहरूले प्रदर्शन गरिरहेका छन्।

इरान पुग्नुअघि नै एलनाज रेकाबी बेपत्ता भएको कुरा पनि चलेको थियो । रेकाबी बुधबार इरान पुगेकी थिइन् । उनको परिवार एयरपोर्टमा पर्खिरहेको थियो, जहाँ रेकाबीलाई फूलले स्वागत गरिएको थियो।

सामाजिक सञ्जालमा भाइरल भइरहेको भिडियोमा सयौं समर्थकले एलनाज रेकाबीको प्रशंसा गर्दै ‘एलनाज नायिका हुन्’ जस्ता नारा लगाएको सुन्न सकिन्छ।

रेकाबीलाई इरानमा चलिरहेको हिजाब विरुद्धको विरोधको नयाँ प्रतीक मानिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *