भारतीय राष्ट्रिय कंग्रेसको नयाँ अध्यक्षमा खर्गे विजयी

डिसी नेपाल
२ कार्तिक २०७९ १४:२७
92
Shares

नयाँ दिल्ली। भारतीय राष्ट्रिय कंग्रेसको नयाँ अध्यक्षमा माल्लिकार्जुन खर्गे विजयी भएका छन्। सोमबार पार्टी अध्यक्षका लागि भएको निर्वाचनमा शशि थरुर र खार्गेबीच प्रतिष्प्रर्धा भएको थियो। पार्टीको आन्तरिक निर्वाचनको दुई दिनपछि बुधबार मतगणना गरिएको थियो।

कंग्रेस पार्टीका करिब ९ हजार प्रदेश प्रमुखले पार्टी अध्यक्षका लागि मतदान गरेका थिए। खर्गेले ७ हजार ८९७ मत प्राप्त गरेका छन भने उनका प्रतिद्वन्द्वी थरुरले १०७२ मत प्राप्त गरेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्। यसैबीच, निर्वाचनमा धाँधली भएको थरुरले आरोप लगाएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *