रूसले कब्जा गरेको युक्रेनी भूभागमा मार्शल ल लागू

डिसी नेपाल
३ कार्तिक २०७९ ७:०९
232
Shares

मस्को। रूसले युक्रेनको दोनेत्स्क, लुगान्स्क, खेर्सन र जापोरिजझिया क्षेत्रमा ‘मार्शल ल’ लागु गरेको घोषणा गरेको छ।

मस्कोको कब्जामा रहेको क्षेत्रमा महिनौंदेखि युक्रेनी सेना अघि बढिरहेका बेला रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले ती क्षेत्रमा मार्शल ल’ लागू गर्ने आदेशमा हस्ताक्षर गरेका हुन्। ती चार वटा क्षेत्रमा बिहीबार बिहानदेखि सैनिक शासन लागु हुने भएको छ।

त्यसअघि रुसी पुटिनले सुरक्षा परिषदको बैठकलाई सम्बोधन गरेका थिए। बैठकलाई सम्बोधन गर्दै ७० वर्षीय पुटिनले युक्रेन सरकारले जनताको इच्छालाई मान्यता दिन अस्वीकार गरेको र वार्ता प्रस्ताव लत्ताएको आरोप लगाए। पुटिनले युक्रेनले अतिवादी तरिका अप्नाएको आरोपसमेत लगाए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *