इरानका सर्वोच्च नेताको प्रसंसा गर्न अस्वीकार गरेपछि सुरक्षकर्मीको कुटपिटमा छात्राको मृत्यु

डिसी नेपाल
३ कार्तिक २०७९ ८:४०
116
Shares

तेहरान। उत्तर–पश्चिम इरानमा गत हप्ता एक १५ वर्षीया एक किशोरीको सुरक्षा बलले कुटपिट गर्दा मृत्यु भएको शिक्षक युनियनले आरोप लगाएको छ । विद्यालयमा छापा मार्ने क्रममा विद्यार्थीको मृत्यु भएको शिक्षक युनियनले आरोप लगाएको हो।

अर्दबिलमा भएको घटनामा सुरक्षा बलले सर्वोच्च नेताको प्रशंसा गर्दै गान गाउन लगाएको थियो तर केही विद्यार्थीले अस्वीकार गरेका थिए । सुरक्षाकर्मीको कुटाइमा घाइते भएका कयौँ विद्यार्थीमध्ये आसरा पनाही पनि थिइन् । तर, अधिकारीहरुले उनीमाथि कुटेको अस्वीकार गर्दै पीडित छात्रामा ह्दयसम्बन्धी समस्या भएको जनाएको थियो ।

एक महिनाअघि इरानमा सरकार विरोधी प्रदर्शन भइरहेका बेला कैयौं किशोर किशोरीको मृत्यु भएको बताइएको छ । सुरक्षाकर्मीको आक्रमणमा उनीहरुको मृत्यु भएको हो । हिरासतमा रहेकी एक युवतीको मृत्युपछि भड्किएको प्रदर्शन देशव्यापी फैलिएको छ ।

हिजाबसम्बन्धी नियम उल्लंघन गरेको आरोपमा उनलाई नैतिकतासम्बन्धी सुरक्षाकर्मीले पक्राउ गरेका थिए । पक्राउपछि हिरासतमा राखिएको केही दिनपछि उनको मृत्यु भएको थियो । प्रहरीले हिरासतमा उनलाई यातना दिएर मारेको पीडितका आफन्तले जनाएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *