जकार्ताको इस्लामिक सेन्टरको ग्रान्ड मस्जिदमा आगलागी, गुम्बज भत्कियो
काठमाडौं । बुधबार इन्डोनेसियाको राजधानी जकार्तामा रहेको सबैभन्दा ठूलो मस्जिदको गुम्बज भीषण आगलागीका कारण भत्किएको छ ।
जकार्ताको सञ्चारमाध्यममा प्रकाशित समाचारका अनुसार यो घटना उत्तरी जकार्ताको जामी मस्जिदमा बुधबार दिउँसो स्थानीय समय अनुसार ३ बजे भएको हो । मस्जिदमा मर्मतको काम चलिरहेको थियो ।
जकार्ता ग्लोबको समाचार अनुसार यो मस्जिद इस्लामिक अध्ययन र विकाससँग सम्बन्धित थिंक ट्याङ्क जकार्ता इस्लामिक सेन्टरको परिसरमा बनेको हो।
The giant dome of the Jakarta Islamic Centre Grand Mosque in Indonesia has collapsed after a major fire broke out.
Officials say there were no victims. pic.twitter.com/1HfypNJcAt
— CBS News (@CBSNews) October 19, 2022
सामाजिक सञ्जालमा शेयर भइरहेको यो घटनाको भिडियोमा गुम्बज खसेलगत्तै चारैतिर धुवाँको मुस्लो देखिन थाल्छ । आगो निभाउन १० वटा दमकल घटनास्थलमा पुगेका थिए ।
इन्डोनेसिया न्युज नेटका अनुसार करिब २० वर्ष पहिले सन् २००२ को अक्टोबरमा यस मस्जिदको मर्मतका क्रममा आगलागी भएको थियो । त्यतिबेला आगो निभाउन पाँच घण्टा लागेको थियो ।
प्रहरीका अनुसार दुर्घटनामा कुनै मानवीय क्षति भने भएको छैन ।
दुर्घटनाको कारण पत्ता लगाउने कार्य भइरहेको र मस्जिद मर्मत गर्ने ठेकेदार कम्पनीका चार जना कामदारलाई सोधपुछ गरिने प्रहरीले जनाएको छ ।







डिसी नेपाल







Facebook Comment