धेरै मन्त्रीको राजीनामा, अब अर्की सांसदले मागिन् बेलायती प्रधानमन्त्रीको राजीनामा

डिसी नेपाल
३ कार्तिक २०७९ १६:५६
60
Shares

काठमाडौं । बेलायतमा कन्जरभेटिभ पार्टीकी अर्की सांसद शेरिल मुरेले प्रधानमन्त्री लिज ट्रसको राजीनामाको लागि सार्वजनिक रूपमा आह्वान गरेकी छन् ।

उनले लिज ट्रसको हैसियत अब प्रधानमन्त्री रहनुपर्ने अवस्था नरहेको बताइन् । शेरिल मुर्रे एक समूहमा सामेल भएकी छिन् जसले लिज ट्रसको राजीनामाको लागि केही समयदेखि आह्वान गरिरहेको छ।

उनले १९२२ समितिका अध्यक्ष ग्राहम ब्राडीलाई पत्र पठाइन् । पत्रमा हिजो राति भएको घटनापछि लिज ट्रसको स्थिति अस्थिर भएको र उनको प्रधानमन्त्रीमा विश्वास नभएको उल्लेख छ ।

बेलायती गृहमन्त्री सुएला ब्रेभरम्यानले बुधबार राति राजीनामा दिएकी छिन् । उनको स्थानमा पूर्व यातायातमन्त्री ग्रान्ट साप्सलाई गृहमन्त्री बनाइएको छ ।

भारतीय मूलकी सुएला ब्रेभरम्यानले सेप्टेम्बरमा नै यो पद ग्रहण गरेकी थिइन् । उनले राजीनामाको कारण नयाँ सरकारको कार्यशैली उल्लेख गर्दै यो सरकार कुन दिशामा जाँदैछ भन्ने चिन्तामा रहेको बताइन् ।

आप्रवासी सम्बन्धी उदार नीतिको आलोचना गर्ने ब्रेभरम्यानले नयाँ सरकारले आप्रवासीको संख्या घटाउने र अवैध आप्रवासनलाई रोक्ने जस्ता मतदाताहरूलाई गरेका वाचाहरू पनि पूरा नगरेको बताइन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *