इजरायलको राजधानीलाई मान्यता नदिने अष्ट्रेलियाको निर्णयमा साउदी अरेबिया खुसी
काठमाडौं । पश्चिमी जेरुसेलमलाई इजरायलको राजधानीको मान्यता फिर्ता लिने अष्ट्रेलियाको निर्णयको साउदी अरेबियाले स्वागत गरेको छ ।
अस्ट्रेलियाले २०१८ मा पश्चिमी जेरुसेलमलाई इजरायलको राजधानीको रूपमा मान्यता दिएको थियो, तर अब यसलाई फिर्ता लिइएको छ।
अष्ट्रेलियाले यो समस्या इजरायल र प्यालेस्टाइनले शान्तिपूर्ण रूपमा समाधान गर्नुपर्ने बताएको छ ।
साउदी अरबको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा यो निर्णयको प्रशंसा गरिएको छ साथै संयुक्त प्रयासबाट प्यालेस्टाइन समस्याको समाधान खोज्न अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गरिएको छ ।
साउदी अरेबियाले पूर्वी जेरुसेलमलाई राजधानी बनाएर छुट्टै राज्य निर्माण गर्ने प्यालेस्टिनी जनताको चाहना पूरा गर्न समस्या समाधान गर्न अन्तर्राष्ट्रिय समुदायसँग मिलेर काम गर्न आह्वान गरेको छ।
यस विज्ञप्तिमार्फत साउदी अरबको विदेश मन्त्रालयले प्यालेस्टिनी जनतालाई सहयोग जारी राख्ने आफ्नो अडान दोहोर्याएको छ।







डिसी नेपाल







Facebook Comment