भाइरल भयो माधव नेपालको दरिद्र सोच ‘विना ढेउवे के भिसा’

डिसी नेपाल
४ कार्तिक २०७९ ७:२३

काठमाडौं। पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल दुई दिनदेखि सामाजिक सञ्जालमा भाइरल भएका छन्।

उनले रौतहटका जनतलाई भोट आफूलाई दिए ‘विना ढेउवा के भिसा, विना ढेउवा के टिकट, विना ढेउवा के काठमाडौंमे तालिम’ दिन्छु भनी आश्वासन बांडेको भिडियो र समाचार वाहिरिएपछि उनी एकाएक भाइरल भएका हुन्।

उनले रौतहटका गरीब जनतासँग भोट माग्न निशुल्क टिकट र निशुल्क भिसा उपलब्ध गराइदिने बाचा गरे। उनको यो बाचासम्बन्धी भिडियो अधिकांश मिडियामा सार्वजानिक भइसकेको छ।

उनको यो भोट मगाइले उनको राजनीतिक सोच र मुलुकप्रति कस्तो जिम्मेबारी निर्वाह गर्न उनी चुनावमा होमिएका छन् भन्ने पनि प्रष्ट पारेको छ। उनले गरेको भाषणअनुसार, उनी रौतहटका उनको निर्वाचन क्षेत्रका युवालाई बैदेशिक रोजगारीमा विदेश पठाउन विना पैसा भिसा दिलाइदिने, विना पैसा विदेशसम्म पुग्ने टिकट दिलाइदिने र विना पैसा काठमाडौंमा तालिमको व्यवस्था मिलाइदिने आश्वासन दिएका छन्।

मुलुकको पूर्वप्रधानमन्त्री भइसकेको ब्यक्तिको देश बनाउने भिजन युवाहरुलाई बैदेशिक रोजगारीमा विदेश पठाउनु हो? माधव नेपालको सो भाषणले त स्पष्टरुपमा यही भिजन दिएको छ।

के उनको नेतृत्वमा रहेको नेकपा एकीकृत समाजवादी नेपालमा अलिअलि बचेखुचेका युवा युवतीहरुलाई पनि विदेश पठाउन चाहन्छ? के यही हो मुलुक बनाउने रणनीति? युवालाई स्वरोजगार बनाउने, गाउँको विकास गरेर गाउँमै रोजगारीको अवसर दिने र समानुपातिकरुपमा राज्यका साधनस्रोतहरुको बाँडफाँट गरेर सबैलाई आर्थिक विकासको अभियानमा सरकि गराउने विषय माधव नेपालले नजानेर नबोलेका होइनन्।

यसपटक त्यहाका गरीव र रोजगारविहिन युवालाई झुक्याउन चाहान्छन्, ढाँट्न चाहान्छन् र एक भोट पाएर जितेपछि फेरि उनलाई त्यहाँ फर्किनु पनि छैन। उमेरले सत्तरीको नेटो छोइसकेका नेपाल अर्को चुनावमा फेरि रौतहट फर्किने पनि छैनन्। जे गरेर, जे भनेर भए पनि उनलाई यसपल्टको भोट चाहिएको छ। यो उनको दरिद्र सोच त्यसदिनको भाषणमा अभिव्यक्त भएको मात्र हो।

उनले यो कुरा जानेका छन् तर यो कार्यान्वयन गर्छु भन्ने प्रतिबद्धता जनाउने ल्याकत उनीसंग छैन। अर्थात् उनी अहिले नै पराजित मानसिकताले निर्वाचनमा भाग लिइरहेका छन्।

सत्तामा पुग्न जनतालाई झुक्याउन के भन्नुपर्छ उनले त्यही भनेका हुन्। अहिले जनता गाउँघर र शहरमात्र होइन नेपाल देशमै रोजगारीको अवसर नपाएर आक्रान्त छन्।

आफ्नो जहान परिवार पाल्न धौधौको अवस्था छ। यसले युवालाई अनुत्पादक त बनाएकै छ, सामाजिक अपराध र राजनीतिक हिंसा पनि बढाएको छ। उनको निर्वाचन क्षेत्रमा त झन् यी समास्याहरुले धेरै नै पिरोलेको छ। य

सको समाधान रोजगारी हो, आर्थिक आर्जनको अवसर हो, व्यापार, व्यवसायको अवसर र सुविधा उपलब्ध गराउनु हो। तर, यी सबै कुरा छाडेर पूर्वप्रधानमन्त्री भइसकेको व्यक्ति ‘विना ढेउवा भिसा र विना ढेउवा टिकट’को प्रलोभन बांडेर गाउँ गाउँमा भोट माग्दै आफ्नो देश बनाउने सपना बाँडिरहेको निर्लज्ज अवस्था रौतहटमा देखिएको छ।

जरुर युवा युवतीहरु अरु केही नलागे बैदेशिक रोजगारीमा गएर भए पनि परिवार पाल्न चाहान्छन् तर यो नै पहिलो विकल्प होइन। हजारौंले हरेक बर्ष विदेशी भूमिमा ज्यान गुमाउनु परेको छ हजारौं कामका सिलसिलामा अंगभंग भएका छन्।

दिनहुँ काठका बाकसमा बैदेशिक रोजगारीमा गएका युवा युवतीको लास आउने गरेको तथ्यलाई माधव नेपालले देखेका छैनन्? प्रलोभन नै दिनु पर्दा म रौतहटमै स्कूल खोल्छ, कलेज खोल्छु, र प्राविधिक तालिमका शिक्षालयहरु खोल्छु, अनि तालिम लिए पनि स्वरोजगार बन्नका लागि पनि सहुलियत ऋण उपलब्ध गराउछु भनेर भन्ने सक्थे नि।

तर, उनले त्यसो भनेनन्। किन ? किनकि उनी रौतहटबाट पटक पटक निर्वाचित भइसके तर उनले यी काम कहिल्यै गरेनन्, गर्न चाहेनन् । त्यसैले उनी यसपटक त्यहाका गरीव र रोजगारविहिन युवालाई झुक्याउन चाहान्छन्, ढाँट्न चाहान्छन् र एक भोट पाएर जितेपछि फेरि उनलाई त्यहां फर्किनु पनि छैन।

उमेरले सत्तरीको नेटो छोइसकेका नेपाल अर्को चुनावमा फेरि रौतहट फर्किने पनि छैनन्। जे गरेर, जे भनेर भए पनि उनलाई यसपल्टको भोट चाहिएको छ। यो उनको दरिद्र सोच त्यसदिनको भाषणमा अभिव्यक्त भएको मात्र हो।

उनी आफैं सत्ताको नेतृत्व गरिसकेका व्यक्ति हुन् उनले आफ्नो क्षेत्र र जिल्लाका लागि धेरै काम गर्न सक्ने हैसियत राख्थे। प्राविधिक तालिम केन्द्रहरु खोलेर स्वरोजगारीका धेरै कामहरु गर्न सक्थे। तर, पटक पटक रौतहटबाट विजयी भएर पनि उनले त्यतातिर ध्यान नदिएको परिणाम अहिले ‘विना ढेउवा के टिकट, विना ढेउवा के भिसा’ भन्नु परेको छ।

फेरि सत्य के पनि हो भने उनले चाहेर पनि ‘विना ढेउवा टिकट र भिसा’ मिलाउने हैसियत पुग्दैन। भिसा अर्को मुलुकले दिने हो माधव नेपालको हात त्यसमा हुंदैन, टिकट दिने पनि रोजगारदाता नै हो त्यसैले माधव नेपालले त्यति सजिलै त्यो पूरा गर्ने अवस्था पनि छैन।

अवस्था आउँदा पनि विगतमा भएको के छ? विगतमा त ‘विना ढेउवा के भिसा, टिकट’ को अवसर आएका बेला तिनै गरिब जनताबाट दलालमार्फत रकम उठाएर दलका नेताका महलहरुमा पुर्‍याइएको होइन र? यो ‘ढेउवा’ माधव नेपालको मा पुगेका छैन र ?

वा माधव नेपाले यो कुरा थाहा पाएको छैन र? अहिले पनि कोरिया, जापानजस्ता देशमा रोजगारीमा जानेले खाडीमै पनि सुरक्षाका क्षेत्रमा काम गर्न जानेले ‘विना ढेउवा के भिसा, टिकट’ को अफरमा पनि लाखौं तिरेर जानु परेको छ । र, यतिबेला माधव नेपाल सत्तामै छन्।

गलत आश्वासनमा माधव नेपाल रौतहट १ का युवा र तिनका परिवारका सदस्यको भोट किन्न चाहान्छन् भन्ने प्रष्ट भएकै छ। निर्वाचन आयोगले उनलाई सोधेको स्पष्टीकरणमा पनि उनको भाषणको भाषा नै लेखिएको छ।

पत्रमा भनिएको छ , “उपर्युक्त सम्बन्धमा रौतहट जिल्लामा आयोजित कार्यक्रममा तपाईंले आफूले चुनाव जिते देशवाहिर युवालाई रोजगारीको अवसर दिने आश्वासन बाँडेको भन्ने विषयको समाचार प्रकाशन भएको, तपाईंले ‘विना ढेउवा के भिसा मिलते हैं, टिकट मिलते हैं, काठमाडौं तालिम मिलते हैं’ भनी सार्वजानिक बक्तव्य दिएको श्रब्यदृश्य सामग्री सामाजिक सञ्जालमा सार्वजानिक भएको र सामाजिक सञ्जालमार्फत सार्वजानिक भएको सो श्रब्यदृश्य सामग्रीका विषयमा आयोगबाट गठित सामाजिक सञ्जाल अनुगमन टोलीबाट अध्ययन तथा परीक्षण गर्दा तपाईंको होइन भनी भन्न सकिने कुनै आधार कारण नदेखिएकोले उक्त विषयप्रति आयोगको गम्भीर ध्यानाकर्षण भई यो पत्र लेख्ने कार्य भएको छ ।”

आयोगले माधव नेपालमाथि प्रश्न उठाउनु नै ठूलो विषय हो । यसमा कारवाही गर्ने हिम्मत गरे त झन् भावी निर्वाचनसम्मलाई गुन नै लाग्ने निश्चित छ ।

याे पनि पढ्नुस्

माधव नेपाललाई कारबाही गर्न निर्वाचन आयोगले प्रहरीलाई निर्देशन दियो

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *