इन्डोनेसियामा मृगौलाको गम्भीर चोटका कारण हालसम्म १३३ बालबालिकाको मृत्यु

डिसी नेपाल
५ कार्तिक २०७९ ११:१०
32
Shares

काठमाडौ । इन्डोनेसियाली सरकारले मिर्गौलामा गम्भीर चोट लागेका कारण मृत्यु हुनेको संख्या १३३ पुगेको जनाएको छ ।

सरकारले यसअघि देशमा उपलब्ध कफ सिरपमा मृगौलामा गम्भीर चोटपटक लाग्ने तत्व रहेको बताएको थियो । सबैभन्दा नकारात्मक असर पाँच वर्ष मुनिका बालबालिकामा देखिएको छ ।

बुधबार, इन्डोनेसियाले अस्थायी रूपमा देशमा बेच्ने सबै तरल र सिरप औषधिहरूको बिक्रीमा प्रतिबन्ध लगाएको छ।

स्थानीय स्वास्थ्य विभाग र विश्व स्वास्थ्य संगठनका अधिकारीहरूले मृगौलाको तीव्र चोटका कारण मृत्यु भएका यी घटनाहरूको अनुसन्धान गरिरहेका छन्।

केही दिनअघि अफ्रिकी देश गाम्बियामा पनि यस्तो घटना देखिएको थियो जहाँ खोकीको सिरप पिएर ७० बालबालिकाको मृत्यु भएको थियो ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *