साउदी अरेबियाको बचाउमा टर्की आयो, भन्यो- ‘अमेरिकाले धम्की दिनु ठीक होइन’

डिसी नेपाल
५ कार्तिक २०७९ ११:२२
260
Shares

काठमाडौं । टर्कीका विदेशमन्त्री मावलुत चाभुशोग्लुले शुक्रबार भने कि ओपेक प्लस देशहरूले तेल उत्पादन कटौती गर्ने निर्णय गरेपछि अमेरिकाले साउदी अरेबियामाथि दबाब दिनु उचित होइन ।

समाचार एजेन्सी रोयटर्सको रिपोर्ट अनुसार उनले पत्रकार सम्मेलनमा भने, “हामीले देख्यौं कि एक देशले साउदी अरेबियालाई धम्की दिएको छ। यसरी धम्की दिनु ठीक होइन।”

ओपेकप्लस देशहरूको निर्णय पछि, राष्ट्रपति जो बाइडेनले गत हप्ता भने कि यसले साउदी-अमेरिका सम्बन्धमा प्रभाव पार्नेछ। मौलुत चाभुशोग्लुले भने, ‘हामीलाई यसरी साउदी अरेबिया वा अन्य कुनै देशमाथि अमेरिकाले दबाब दिनु उचित लाग्दैन ।

सन् २०१८ मा जमाल खशोग्गीको हत्यापछि साउदी अरेबियासँग टर्कीको सम्बन्ध बिग्रिएको थियो तर यस वर्ष टर्कीले साउदी अरेबियासँगको सम्बन्धलाई सामान्य बनाउने प्रयास गरेको छ ।

खशोग्गी हत्या प्रकरणको सुनुवाइ सकिएपछि यस वर्षको अप्रिलमा रिसेप तैयप एर्दोगानले साउदी अरेबियाका युवराजसँग वान टु वान भेट गरेका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *