७० लाख भेनेजुएली नागरिकले देश छाडे

डिसी नेपाल
६ कार्तिक २०७९ ७:४७
232
Shares

भेनेजुएला। आर्थिक र राजनीतिक संकटबीच बीच सन् २०१५ देखि ७० लाखभन्दा बढी भेनेजुएली नागरिकहरूले आफ्नो मातृभूमि छोडेका छन्।

संयुक्त राष्ट्रसंघको एक तथ्यांक सार्वजनिक गर्दै उक्त जानकारी दिएको हो । विस्थापितमध्ये आधाभन्दा बढीले खाद्यान्न, आवास र स्थिर रोजगारीमा पहुँच गर्न चुनौतीहरू सामना गर्छन्, संयुक्त राष्ट्रले जनाएको छ।

अन्य संकटबीच यी आप्रवासीहरूलाई बिर्सिने खतरा रहेको सहायता एजेन्सीहरूले चेतावनी दिएका छन्। अन्तर्राष्ट्रिय उद्धार समितिका अध्यक्ष डेभिड मिलिब्यान्डले बीबीसीलाई भने, “यो एउटा ठूलो लामो संकट हो जसले ल्याटिन अमेरिकाकोे क्षेत्रलाई कम्पन गरिरहेको छ भन्ने कुरामा कुनै शंका छैन।

भेनेजुएला छोडेका ८० प्रतिशतभन्दा बढी ल्याटिन अमेरिका र क्यारिबियनमा बसोबास गरिरहेका छन्, जुन देशह प्रायः आफ्नै नागरिकहरूलाई स्वास्थ्य र शिक्षा प्रदान गर्न संघर्ष गरिरहेका छन्।

संयुक्त राष्ट्रसंघको पछिल्लो तथ्यांकमा भेनेजुएलाको जनसंख्या सन् २०१५ मा ३०.०८ मिलियनबाट घटेर अहिले आधारित अनुमानित २८.२५ मिलियनमा पुगेको छ।

कोलम्बियाका अधिकारीहरूले दिएको तथ्यांकअनुसार हरेक दिन ३,००० भन्दा बढी आप्रवासीहरू त्यहाँ पुग्ने गरेका छन् । तीमध्ये अधिकांश भेनेजुएली छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *