तेस्रो कार्यकालको तयारीमा सी
बेइजिङ। चीनका राष्ट्रपति सी जिनपिङले तेस्रो कार्यकाल लिने तयारी गरिरहेका छन्। राजधानी बेइजिङमा चिनियाँ कम्युनिष्ट पार्टीको महाधिवेशन शनिबार सम्पन्न भएको छ। सीलाई देशका दुई सबैभन्दा शक्तिशाली पद पाटी प्रमुख र चीनको सेनाको प्रमुखको रूपमा शक्ति दिने तयारी गरिरहेको छ।
६९ वर्षीय सी सन् १९७६ मा पहिलो कम्युनिस्ट युगका नेता माओत्सेतुङको मृत्युपछि सबैभन्दा शक्तिशाली पार्टी प्रमुख हुन्। त्यसबेलादेखि धेरै परिवर्तन भएको छ । चीन विश्वको दोस्रो ठूलो अर्थतन्त्र बन्न पुगेको छ। सी जिनपिङको नेतृत्वमा चीन अझै बढी अधिनायकवादी र दमनकारी भएको टिप्पणी गरिन थालिएको छ।
सीले देशलाई निकै भिन्न दिशामा लगेका छन्।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment