सी जिनपिङ तेस्रो पटक चीनको राष्ट्रपतिमा निर्वाचित, प्रधानमन्त्री भने फेरिए
काठमाडौं । सी जिनपिङ तेस्रो पटक चीनको राष्ट्रपति बनेका छन् । कम्युनिष्ट पार्टीको अधिवेशनमा उनी फेरि पार्टीको महासचिवमा निर्वाचित भए ।
सी जिनपिङ पार्टीको अध्यक्षमा निर्वाचित भएको यो लगातार तेस्रो पटक हो । अब उनी आगामी पाँच वर्षसम्म यही पदमा रहनेछन् ।
एक दशकदेखि सत्तामा रहेका सी जिनपिङले तेस्रो पटक सत्तामा आएर दशकौंदेखि चल्दै आएको कीर्तिमान तोडेर इतिहास रचेका छन् । उनले अहिले माओत्सेतुङसँग बराबरीका छन् ।
चिनियाँ कम्युनिष्ट पार्टीका संस्थापक माओत्सेतुङको निधनपछि तेस्रो पटक कुनै नेता सत्तामा आउन सकेका थिएनन् ।
सी जिनपिङले पार्टीको महासचिवमा निर्वाचित भएपछि आफ्नो नयाँ स्थायी समिति पनि घोषणा गरेका छन् ।
सी जिनपिङको टोलीमा ली कियाङ, शाओ लेजी, वाङ हुनिङ, काई के, डिंग शेशियांग और ली शी छन् । जसमध्ये ली कियाङलाई नयाँ प्रधानमन्त्री बनाइएको छ । उनले ली केकियाङलाई प्रतिस्थापन गरेका छन् ।
पार्टीको नेतामा निर्वाचित भएपछि सी जिनपिङले आफ्नो सम्बोधनमा भने, ‘ममाथि विश्वास गरेकोमा सबैलाई धन्यवाद।’
उनले मुलुकले अहिलेसम्म धेरै उपलब्धि हासिल गरेको र अब चीनलाई हरेक हिसाबले आधुनिक समाजवादी राष्ट्र बनाउनेतर्फ अघि बढने बताए ।
Facebook Comment