चीनका पूर्वराष्ट्रपति हु जिन्ताओ एक्कासी पार्टी बैठकबाट किन बाहिरिए ?

डिसी नेपाल
६ कार्तिक २०७९ ११:३६

काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टीको शनिबारको महाधिवेशनको अन्त्यमा पूर्व चिनियाँ राष्ट्रपति हु जिन्ताओले नाटकीय रूपमा बाहिरिनुपरेको छ ।

समाचार एजेन्सी एएफपीको रिपोर्टका अनुसार हु जिन्ताओले कांग्रेस छाड्नेबारे विभिन्न अड्कलबाजी भइरहेको छ । यद्यपि यसबारे अहिलेसम्म केही स्पष्ट छैन ।

कांग्रेसमा जिन्ताओ राष्ट्रपति सी जिनपिङसँग अगाडिको पङ्क्तिमा बसे। कमजोर देखिएका ७९ वर्षीय जिन्ताओ बाहिर निस्कन बेचैन देखिन्थे ।

हु जिन्ताओलाई त्यहाँ उपस्थित एक कर्मचारीले पहिलो हातले समर्थन गरे तर पछि दुवै हातले उनलाई बाहिर निकाले। यसअघि जिन्ताओले राष्ट्रपति जिनपिङ र पूर्व राष्ट्रपति ली केकियाङसँग करिब एक मिनेट कुराकानी गरे र त्यसपछि हलबाट बाहिर निस्कन थाले।

उनको छेउमा बसेका जिनपिङसँग केही कागजहरू थिए जसलाई जिन्ताओले उठाउन खोजेका थिए। बाटोमा हु जिन्ताओले जिनपिङको पिठ्युँमा धाप मारेर निस्कन थाले। त्यही क्रममा त्यहाँ उपस्थित अन्य मानिसले उनलाई हेरिरहेका थिए ।

एक सातासम्म चल्ने कम्युनिष्ट पार्टीको महाधिवेशन सामान्यतया बन्द ढोका पछाडि बस्छ । तर समापन समारोह कभर गर्न पत्रकारहरूलाई भित्र अनुमति दिएपछि हु जिन्ताओ बाहिरिए।

हाल जिन्ताओको प्रस्थान बारे प्रशासनले कुनै स्पष्टीकरण दिएको छैन। हलमा रहेका २,३०० प्रतिनिधिहरूको शीर्ष नेतृत्वमा सी जिनपिङ पुनः निर्वाचित हुनुअघि जिन्ताओ बाहिरिएका थिए।

युरेशिया ग्रुप कन्सल्टेन्सीका वरिष्ठ चाइना विश्लेषक नेल थोमसले भने, “जिनताओले किन यो कदम चालेका थिए, उनी जिनपिङको विरोधमा बाहिर आएका थिए वा उमेरको असरले उनलाई यस क्रममा केही समस्या ल्याएको थियो भन्ने कुरा हामीलाई अझै थाहा छैन।”

सी चिनपिङले आइतबार नै आफूलाई अर्को पाँच वर्षका लागि पार्टीको महासचिव घोषणा गर्ने पक्का भएको छ । यससँगै जिनपिङको तेस्रो पटक राष्ट्रपति बन्ने बाटो खुलेको छ ।

हु जिन्ताओभन्दा एक दशकपहिले सत्ता सम्हालेका सी जिनपिङ अहिले माओत्सेतुङपछि चीनको सबैभन्दा प्रभावशाली नेताका रूपमा देखा परेका छन् ।

सी जिनपिङमाथि पार्टीभित्रका विपक्षी आवाजलाई दबाएको आरोप लगाइएको छ । उनले आफ्ना धेरै प्रतिद्वन्द्वीहरूलाई कैद गरे र विरोध गर्ने मानिसहरूलाई कुनै दया देखाएनन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *