तेस्रो कार्यकालका लागि निर्वाचित भएपछि सीले भने–विश्वलाई चीन आवश्यक
बेइजिङ। चिनियाँ राष्ट्रपति सी जिनपिङले आइतबार बिहान पार्टीको केन्द्रीय समितिले अर्को पाँच वर्षे कार्यकालका लागि महासचिवमा निर्वाचित गरेपछि तेस्रो कार्यकालको पदभार ग्रहण गरेका छन्।
बेइजिङको ग्रेट हल अफ द पिपुलमा आफ्नो छोटो विजयी भाषणमा सीले ‘विश्वलाई चीन चाहिन्छ’ भन्ने जोड दिँदै लगनशीलताका साथ काम गर्ने वाचा गरे। ‘तपाईले हामीमा गर्नुभएको विश्वासको लागि म सम्पूर्ण पार्टीलाई हृदयदेखि धन्यवाद दिन चाहन्छु । म हाम्रो पार्टी र हाम्रा जनताको ठूलो विश्वासको योग्य प्रमाणित गर्ने वाचा गर्दछु’, राष्ट्रपति सीले भने।
‘विश्वविना चीनको विकास हुन सक्दैन र विश्वलाई पनि चीनको आवश्यकता छ,’ उनले अघि भने, ‘सुधार र खुलापनका लागि ४० वर्षभन्दा बढी निरन्तर प्रयासपछि हामीले दुईवटा चमत्कार बनाएका छौँ– द्रुत आर्थिक विकास र दीर्घकालीन। सामाजिक स्थिरता।’
राष्ट्रपति सीलेले ‘चिनियाँ राष्ट्रको कायाकल्प’ हाँसिल गर्ने वाचा गरे, जुन लक्ष्यलाई ताइवानलाई विलय गर्न आवश्यक छ।’
No ads found for this position

डिसी नेपाल
Facebook Comment