इमरान खानविरुद्ध हत्याको प्रयास गरेको आरोपमा मुद्दा दायर !

डिसी नेपाल
६ कार्तिक २०७९ १५:२५

काठमाडौं । पाकिस्तानको पीएमएल-एन नेता र राष्ट्रिय सभा सदस्य मोहसिन शाहनवाज राँझाले शनिबार पीटीआई अध्यक्ष र पूर्व प्रधानमन्त्री इमरान खान विरुद्ध “हत्याको प्रयास” को मुद्दा दायर गरेका छन्। राजधानीको सचिवालय प्रहरी चौकीमा मुद्दा दर्ता भएको छ ।

इस्लामाबादमा पाकिस्तानको निर्वाचन आयोगको कार्यालय बाहिर आफूलाई आक्रमण गरेको एक दिनपछि राँझाले खानविरुद्ध मुद्दा दायर गरेका थिए। आक्रमणको समयमा, पीटीआई कार्यकर्ता र समर्थकहरूले तोशाखाना मुद्दामा आफ्नो पार्टी प्रमुखलाई अयोग्य ठहराउने निर्वाचन आयोगको निर्णयको विरोध गरिरहेका थिए।

निर्वाचन आयोगले खानलाई अयोग्य घोषित गर्ने निर्णय गरेपछि देशभर विरोध प्रदर्शन सुरु भएको छ । निर्वाचन आयोगले पीटीआई अध्यक्ष अब तल्लो सदनको सदस्य नरहेको पनि फैसला गरेको छ ।

खान विरुद्धको एफआईआरमा हत्याको प्रयास र अन्य पाँच प्रावधान सहित अपराधलाई उक्साउने र दुरुत्साहन गरेको आरोप लगाइएको छ। एफआइआरमा राँझाले तोसखाना मुद्दामा आफू वादीका रूपमा आयोगसमक्ष हाजिर भएको पनि बताए । राँझाको दावीअनुसार उनीमाथि ईसीपीबाट बाहिरिने बित्तिकै, “पीटीआई नेतृत्वको निर्देशनमा” “हत्याको नियतले” आक्रमण गरियो।

राँझाले आफ्नो गाडीमा समेत आक्रमण गरी सिसा तोडेर भित्र पस्ने प्रयास गरिएको उजुरीमा उल्लेख गरेका छन् । एफआईआरमा यो पनि लेखिएको छ कि पीटीआई नेतृत्वको आदेशमा श्रीनगर राजमार्ग अवरुद्ध गरिएको थियो।

पहिले, पीटीआई नेतृत्व विरुद्ध दुई आतंकवाद सम्बन्धी मुद्दा दर्ता गरिएको थियो । खान, महासचिव असद उमर र १०० अन्य पार्टी कार्यकर्ताहरूविरुद्ध मुद्दा दर्ता भएको थियो । संघीय सरकार र प्रहरीको उजुरीका आधारमा क्रमशः आई–९ प्रहरी चौकी र सगजनी प्रहरी चौकीमा मुद्दा दर्ता भएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *