फरार महिला अपराधी प्रहरी चौकीमै जागिर माग्न गएपछि…

डिसी नेपाल
६ कार्तिक २०७९ १७:१७

काठमाडौं । प्रहरी अभिलेखमा फरार एक महिला अपराधीले प्रहरी चौकीमा नै सेक्युरिटी गार्डको जागिरका लागि निवेदन दिएकी छिन् । प्रहरीले महिला अपराधीको पहिचान गरेको छ । उनलाई प्रहरीले अन्तर्वार्ताको नाममा बोलाएर पक्राउ गरेको छ ।

घटना अमेरिकाको न्यु जर्सीको हो । महिला अपराधी ज्यामा वाई जोन्सनलाई अक्टोबर ४ मा पक्राउ गरिएको थियो । अचम्मको कुरा के छ भने जुन विभागमा महिलाले जागिरका लागि आवेदन दिएकी थिइन् त्यो विभाग विशेषगरी पुरानो वारेन्टमा फरार रहेका अपराधीलाई खोज्ने विभाग हो ।

जोनसनलाई मोनरो काउन्टी पेन्सिलभेनियाका अधिकारीहरूले खोजिरहेका थिए। जोन्सन विरुद्ध ठगीको मुद्दा दर्ता भएको थियो। तर उनी यस मुद्दाको सुनुवाइका लागि अदालतमा उपस्थित भइनन् । उनी जर्सी सिटीमा ट्राफिक आरोपका १० मुद्दामा अदालतबाट फरार थिइन्।

न्युजवीकसँगको कुराकानीमा हडसन काउन्टी प्रहरी चौकीका एक जासूसले भने– उसले (जोनसन) सेक्युरिटी गार्डको जागिरका लागि आवेदन दिएकी थिइन् । हामी उम्मेदवारहरूको पृष्ठभूमि जाँच गर्छौं। उनीहरुमाथि दर्ता भएका मुद्दाको पनि छानबिन हुन्छ ।

प्रहरी चौकीका प्रवक्ताले भने– महिलाको सत्यतथ्य थाहा पाएपछि हामीले उनलाई अन्तर्वार्ताका लागि बोलाएर पक्राउ गर्यौं । जब प्रवक्तालाई सोधियो कि महिलाले फरार भएर पनि प्रहरी चौकीमा जागिरको लागि निवेदन दिएर पक्राउको यति ठूलो जोखिम किन लिइन् ? त्यसको जवाफमा उनले भने–हामीलाई थाहा छैन ।

प्रहरी स्टेशन इन्चार्ज फ्रान्क शिलारीले स्थानीय समाचार एनजे डटकमलाई बताए कि जोनसनलाई पक्राउ गरेपछि प्रहरीले उनको घरमा नियमित चेकजाँच गरेको थियो। पुलिस अधिकारीहरूले जोनसनबाट चोरी गरिएका दुई क्रेडिट कार्डहरू पनि फेला पारे। लगत्तै उनीविरुद्ध क्रेडिट कार्ड चोरीको मुद्दा पनि दर्ता भएको थियो ।

सोधपुछका क्रममा जोनसनले अन्य धेरै खुलासा गरेका छन् जसमा प्रहरीले अनुसन्धान गरिरहेको छ । उनलाई हाल हडसन काउन्टी जेलमा राखिएको छ । उनी पेन्सिलभेनियामा सुपुर्दगीको पर्खाइमा छिन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *