जर्मनीका राष्ट्रपति युक्रेन भ्रमणमा

डिसी नेपाल
८ कार्तिक २०७९ १९:०७

काठमाडौं- पश्चिमा राष्ट्रले युद्धबाट तहसनहस भएको युक्रेनको पुनर्निर्माणको योजना बनाइरहेका बेला जर्मनीका राष्ट्रपति फ्रान्क वाल्टर स्टेनमेयर युक्रेन भ्रमणमा गएका छन् । युक्रेन युद्ध समाप्त भएपछि गरिने पुनर्निर्माणको बृहत् योजनाका बारेमा पश्चिमा मुलुकबीच विचारविमर्श भइरहेको छ ।

रूसले युक्रेनमाथि आक्रमण गरेपछि राष्ट्रपति फ्रान्क वाल्टर स्टेनमेयरको यो पहिलो युक्रेन भ्रमण हो । युक्रेनीहरूमा एकताको सन्देश प्रवाह गर्न आफू किएभ आएको उनले बताए । क्षेप्यास्त्र र रकेट आक्रमणका बेला भएको आफ्नो भ्रमणलाई महत्वपूर्ण भएको टिप्पणी गरेका छन् ।

क्रेमलिनको सेनाले गरेको आठ महिनाको निरन्तरको दमनले आवासीय भवन, सार्वजनिक भवन र ऊर्जा प्रवाहका सञ्जाल ध्वस्त भएका छन् । विश्व ब्याङ्कले युक्रेनमा हालसम्म तीन खर्ब ४५ अर्ब डलर क्षति भएको अनुमान गरेको छ । गत जेठमा पोल्याण्ड तथा बाल्टिक क्षेत्रका आफ्ना समकक्षीसँग युक्रेन भ्रमणको योजनामा उनी थिए । त्यसबेला उनीमाथि रूसको समर्थन गरेको आरोप लागेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *