युक्रेनका प्रधानमन्त्री र आइएमएफका प्रबन्ध निर्देशकबीच युक्रेनको सहयोगको विषयमा छलफल
एजेन्सी । युक्रेनका लागि आवश्यक रहेको आर्थिकलगायतको सहयोग गर्ने विषयमा छलफल भएको छ । युक्रेनका प्रधानमन्त्री डेनिस साइहाल र अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) का प्रबन्ध निर्देशक क्रिस्टालिना जर्जियाभाकाबीचमा आवश्यक छलफल भएको हो ।
युक्रेन र आइएमएफका बीचमा हुनसक्ने थप र नयाँ सहयोगका क्षेत्रका विषयमा उहाँहरुका बीचमा कुराकानी भएको बताइएको छ । युक्रेनका प्रधानमन्त्रीको सचिवालयले मङ्गलबार सो कुराको जानकारी गरएको हो । प्रधानमन्त्री साइहालले आगामी सन् २०२३ मा युक्रेनमा आइएमएफको नयाँ आयोजना सुरु हुने बताउनुभएको थियो ।
जर्मनीको बर्लिनमा मङ्गलबार भएको सो छलफलका क्रममा उहाँले युक्रेनलाई थप सहयोग आवश्यक रहेको बताउनुभएको थियो । यस क्रममा आइएमएफका प्रबन्ध निर्देशक क्रिस्टालिनाले पनि युक्रेनका लागि सहयोग निरन्तर रहेको र आगामी वर्ष नयाँ कार्यक्रमका साथ अघि बढिने बताउनुभएको थियो ।
यस वर्षमात्र युक्रेनले आइएमएफबाट दुई अर्ब सात करोड अमेरिकी डलर सहयोग प्राप्त गरेको थियो । सो सहयोगलाई निरन्तर गर्दै आगामी वर्षका लागि नयाँ कार्यक्रमका साथ आयोजनाहरु ल्याइने आइएमएफले जनाएको छ ।
युक्रेनमाथि रुसले हमला गरेपछि यहाँको अर्थतन्त्र नाजुक बनेको छ । साथै यहाँका कतिपय भौतिक संरचनाको पुनर्निमाणका क्षेत्रमा पनि युक्रेनलाई सहयोग आवश्यक रहेको छ ।







डिसी नेपाल







Facebook Comment