बेलायतको प्रधानमन्त्रीको कार्यालयमा तिहार मनाइयो ! पहिलो हिन्दु प्रधानमन्त्री ऋषि सुनकले के भने ?

डिसी नेपाल
१० कार्तिक २०७९ ११:४६

काठमाडौं । बेलायतका नयाँ प्रधानमन्त्री ऋषि सुनकले माइक्रोब्लगिङ साइट ट्विटरमा दिपावलीपछिको कार्यक्रममा सहभागी भएको आफ्नो तस्विर शेयर गरेका छन् । समारोह बेलायतका प्रधानमन्त्रीको निवास र कार्यालय १० डाउनिङ स्ट्रिटमा भएको थियो ।

हात जोडेको आफ्नो तस्बिर सेयर गर्दै सुनकले लेखेका छन्, “आज १० डाउनिङ स्ट्रिटमा दिवाली रिसेप्शनमा उपस्थित हुन पाउँदा निकै राम्रो लाग्यो। म यो जिम्मेवारी अन्तर्गत बेलायतलाई यस्तो ठाउँ बनाउनेछु जहाँ हाम्रा छोराछोरी र हाम्रा नातीनातिनीले दियो बाल्नेन् र आफ्नो भविष्यलाई आशाका साथ हेर्नेछन्।”

विशेष कुरा के छ भने हिन्दुहरुको विशेष पर्व दीपावलीको दिन बेलायतको कन्जरभेटिभ पार्टीले सुनकलाई प्रधानमन्त्री बन्न अनुमोदन गरेको थियो । ऋषि सुनकले आफ्नो हिन्दू पहिचान व्यक्त गर्दै आएका छन् ।

उनी धेरै अवसरमा मन्दिर र धार्मिक कार्यक्रममा पनि सहभागी भइसकेका छन् । सन् २०२० मा ऋषिले अर्थमन्त्रीको सपथ लिँदा गीतामा हात राखेर शपथ लिएका थिए ।

यस्तै भिडियोमा ऋषि सुनकलाई गाईको पूजा गरेको देख्न सकिन्छ । सन् २०२० मा दीपावलीमा आफ्नो घरबाहिर दीप प्रज्वलन गर्दा पनि ऋषि सुनकको तस्बिर सामाजिक सञ्जालमा छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *