५० वर्षसम्म साबुन पानी नछोएका सन्यासीको नुहाएपछि मृत्यु !

डिसी नेपाल
१० कार्तिक २०७९ १२:३४
6.7k
Shares

काठमाडौं । उनी एक सन्यासी थिए जसलाई मिडियाले ‘संसारको सबैभन्दा फोहोर व्यक्ति’ भनेर सम्बोधन गरेको थियो। ती व्यक्तिको ९४ वर्षको उमेरमा निधन भएको छ । उनले केही महिनाअघि मात्रै दशकौंपछि पहिलो पटक नुहाएका थिए ।

अमो हाजी ५० वर्षभन्दा बढी समयसम्म साबुन र पानीबाट टाढा रहे। तिनीहरूको प्रयोगले बिरामी पर्न सक्छु भन्ने उनलाई डर थियो। अमो दक्षिणी इरानको फार्स प्रान्तमा बस्थे। यसअघि पनि उनको गाउँका मानिसहरूले उनलाई नुहाउन भनेका थिए तर उनले शरीर सफा गर्नबाट जोगिँदै आएका थिए ।

तर स्थानीय सञ्चारमाध्यमका अनुसार केही महिनाअघि अमो हाजीले गाउँलेहरूको दबाबमा झुकेर साबुन र पानीले आफ्नो शरीर सफा गरेका थिए। इरानको समाचार एजेन्सी इर्नाका अनुसार उनी नुहाएपछि बिरामी परेका थिए र आइतबार उनको मृत्यु भएको थियो।

सन् २०१४ मा तेहरान टाइम्सलाई दिएको अन्तर्वार्तामा उनले आफ्नो मनपर्ने खाना पोर्क्युपाइन हो र उनी जमिनको प्वालमा र देजगाह गाउँमा गाउँलेहरूले बनाएको झुपडीमा बस्ने बताए। अन्तर्वार्तामा उनले यस्तो जीवन जिउनुको कारण युवावस्थामा भोगेका तीतो भावनात्मक अनुभव भएको बताए ।

दशकौंदेखि ननुहाउँदा उनको छाला कालो भएर पिपले भरिएको थियो । समाचार एजेन्सी इर्नाका अनुसार उनी सडेको मासु खान्थे र तेलको पुरानो क्यानबाट फोहोर पानी पिउँथे।

उनलाई चुरोट खान मन लाग्थ्यो। एउटा तस्बिरमा उनी एकैपटक चुरोटका धेरै खिल्ली लिएर बसेको देख्न सकिन्छ । समाचार एजेन्सीका अनुसार उनलाई नुहाइदिन खोज्दा वा पिउनको लागि सफा पानी दिँदा उनी दुःखी हुन्थे ।

तर, उनले यति लामो समय ननुहाएर बिताएको रेकर्ड बनाउन सकेनन् भन्ने विषयमा विवाद छ । सन् २००९ मा एक भारतीय व्यक्तिको बारेमा रिपोर्ट आएको थियो कि उनले ३५ वर्षसम्म न दाँत माझे न नुहाए । उनलाई पछि के भयो भन्ने बारे कुनै नयाँ जानकारी बाहिर आएको छैन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *