१४ वर्षकी छात्राले घरबाट साढे १७ लाख चोरिन्, स्कुलमा लगेर साथीहरूलाई बाँडिन्

डिसी नेपाल
१० कार्तिक २०७९ १६:११

काठमाडौं । एक १४ वर्षीया बालिकाले घरबाट साढे १७ लाख रुपैयाँ लिएर सहपाठीलाई बाँडेको आरोप लागेको छ । उनले हजुरआमाबाट यो पैसा चोरेर उक्त रकम विद्यालयका विद्यार्थीलाई बाँडेको आरोप छ । यो पैसा उनकी हजुरआमाको जीवनभरको बचत भएको बताइएको छ ।

यो घटना अमेरिकाको फ्लोरिडाको हो । घटना बाहिर आएपछि प्रहरीले अनुसन्धान थालेको छ । बालिकाको झोलाबाट प्रहरीले केही रकम बरामद गरेको छ ।

यस मामिलामा मेरियन काउन्टी सेरिफको प्रहरी कार्यालयको बयान पनि आएको छ। बालिकाले चोरेको कथित पैसा उनकी हजुरआमाको जीवनभरको बचत भएको उनीहरुको भनाइ छ । यो पैसा बालिकाकी हजुरआमाले घर बेचेर जम्मा गरेकी हुन् ।

यस अवस्थामा, लेक वेयर मध्य विद्यालयबाट अभिभावकहरूलाई एउटा भ्वाइस मेल आयो जसमा उनीहरूलाई आफ्ना बच्चाहरूसँग सोधपुछ गर्न भनिएको थियो।

यो भ्वाइस मेल पछि एक बच्चाकी अभिभावक मिशेल स्पाउल्डिङ छक्क परिन् । केडीएफडब्लुसँगको कुराकानीमा उनले भनिन्- ‘मेरो छोरो मकहाँ आयो र उसले मलाई १०० डलर चाहिन्छ कि भनेर सोध्यो । तर मैले उसलाई भने कि यो पैसा चोरेको हुनुपर्छ।’ त्यसपछि मिशेलले प्रहरीलाई यसबारे जानकारी गराइन् ।

मिशेल स्पाउल्डिङले पैसा चोरी भएको परिवारको बारेमा आफूलाई नराम्रो लागेको बताइन्। मिशेलले आशा गरिन् कि परिवारले पूरा रकम पाउनेछ।

चोर्ने बालिकाले प्रहरीलाई बहकाउने प्रयास गरिन् । उनले यो पैसा आफुलाई साथीले दिएको बताइन् । तर, विद्यालयका विद्यार्थीहरूका अगाडि उनले हजुरआमाको पैसा भएको स्वीकार गरेकी थिोन्, जसलाई बाँड्न हजुरआमाबाट स्वीकृति लिएको पनि उनले बताएकी थिइन् ।

अक्टोबर २१ मा यी बालिकालाई पक्राउ गरिएको थियो । उनको झोलाबाट प्रहरीले करिब २ लाख रुपैयाँ बरामद गरेको छ । सोही क्रममा एक विद्यार्थीले १६ हजार रुपैयाँ फिर्ता गरे । यसका साथै प्रहरीले सबै अभिभावकलाई आफ्ना छोराछोरीसँग चोरीको पैसा लिएको छ कि छैन भनेर जाँच गर्न पनि आग्रह गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *