दिदी-बहिनी समाज भिक्टोरियाद्वारा म्हः पूजा सम्पन्न

डिसी नेपाल
११ कार्तिक २०७९ १०:४४
412
Shares

मेलबर्न । दिदी-बहिनी समाज भिक्टोरियाको आइन्ट्री शाखाले ॐ ध्वनी उच्चारण र हाँस्य योगसाथ बहुजातीय सक्रियता र सहभागितामा म्हः पूजा सम्पन्न गरेको छ ।

फरक, सहभागितामूलक, सिर्जनशिल, महिला सशक्तिकरण, समुदाय लाभप्रद जस्ता कार्यक्रमहरुका कारण आफ्नो छुट्टै पहिचान बनाउन सफल दिदी-बहिनी समाजले आसन ग्रहण गराउने र प्रमुख अतिथि बिना नै म्हः पूजा सम्पन्न गरेको हो ।

म्हः पूजामा आत्मपुजन गरिने भएकोले नेवार समुदायले गरिने गरिएको यो चाडलाई नेवार समुदायमा मात्रै सीमित नगरी अन्य समुदायले पनि गरिनु उपयुक्त हुने र यस्लाई ध्यानसँग पनि जोडिनु उपयुक्त हुने भन्दै गत बर्षदेखि म्हः पूजा गर्दा ॐ ध्वनी उच्चारण गरी गर्ने गरिएकोमा यो पटकको म्हः पूजामा बुद्धिज्म लगायत बिभिन्न ११० पुस्तकका लेखक एवं सम्पादकको भूमिका निर्वाह गरिसकेका डा किशोर बैद्यले हास्य योगको सैद्धान्तिक पक्षको बारेमा बताएर सहभागीहरुलाई हास्य योग गराएका थिए ।

हास्य योग गर्नु अघि दिदी-बहिनी समाज भिक्टोरियाकी उपाध्यक्षले सहभागी सबैलाई आँखा चिम्लेर पहिला लामो लामो स्वास लिन लगाएर ॐ ध्वनी उच्चारण गर्न लगाएका थिए ।

दिदी-बहिनी समाज भिक्टोरिया वेष्टकी संयोजक रोशनी श्रेष्ठद्धारा कार्यक्रमको शुरुमा म्हः पूजाको सैद्धान्तिक पक्षमाथि प्रकाश पारिएको थियो ।

दिदी-बहिनी समाज भिक्टोरियाका अध्यक्ष डा जमुना पराजुलीले संस्थाको एउटा प्रमुख उद्धेश्य सहभागितामूलक तवरबाट संस्कृतिको संरक्षण र सम्बर्द्धन प्राप्ती कार्यको राम्रो उदाहरण बन्न पुगेको म्हः पूजा कार्यक्रममा नियमीत रुपमा सहभागी हुन पाएकोमा आफूलाई गर्व लागेको बताइन् ।

लुम्बिनी-कपिलवस्तु विश्व अभियानका विश्व संयोजक रामकुमार श्रेष्ठले हाम्रो फोक्सोमा करीब एक करोड छिद्रहरु हुने, तर हामीद्धारा प्रायः छोटो छोटो स्वास लिने गर्नाले करीब चालिस हजार छिद्रहरुले मात्रै काम गर्ने र काम नगरिएर बुझिएका अधिकाधिक छिद्रहरुलाई बिस्तारै खुलाउँदै लैजाने सबैभन्दा राम्रो विधि प्राणायामकै सहयोगी कार्यको रुपमा हास्य योगलाई लिन सकिने बताए ।

म्हः पूजा गर्ने सबैलाई ८० बर्षिया दिलमाया श्रेष्ठ (कान्छी) द्धारा टीका लगाइदिने, पूजा गर्ने र घ्वाल्ल गर्ने गरिएको थियो ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *