अन्तरिक्षमा रहेका स्याटेलाइटमाथि आक्रमण गर्ने रूसको चेतावनी !

डिसी नेपाल
११ कार्तिक २०७९ १०:४१

काठमाडौं । रुसले युक्रेन युद्धमा अमेरिका र उसका सहयोगी राष्ट्रहरूको व्यावसायिक भूउपग्रह संलग्न भएको पाइएमा उनीहरू रुसी आक्रमणको सिकार हुन सक्ने चेतावनी दिएको छ ।

रुसले सन् १९५७ मा पहिलो मानव निर्मित उपग्रह स्पुतनिक १ अन्तरिक्षमा पठाएको थियो । यसपछि सन् १९६१ मा अन्तरिक्षमा जाने पहिलो व्यक्ति पनि रुसका थिए । रुससँग अमेरिका र चीन जत्तिकै राम्रो अन्तरिक्ष क्षमता छ।

समाचार एजेन्सी रोयटर्सका अनुसार रुसले आफ्नो एउटा उपग्रहलाई नष्ट गर्न सन् २०२१ मा एन्टी-स्याटेलाइट मिसाइल प्रक्षेपण गरेको थियो।

रुसी विदेश मन्त्रालयको अप्रसार र हतियार नियन्त्रण विभागका उपनिर्देशक कोन्स्टान्टिन भोरोन्टसोभले संयुक्त राष्ट्र संघलाई भने कि अमेरिका र उसका सहयोगीहरूले पश्चिमी प्रभुत्व स्थापित गर्न अन्तरिक्षको प्रयोग गरिरहेका छन्।

उनले युक्रेनलाई पश्चिमी भूउपग्रहमार्फत युद्धमा सहयोग गर्नु निकै खतरनाक प्रवृत्ति भएको बताए । कोन्स्टान्टिन भोरोन्टसोभले कुनै पनि विशेष उपग्रह कम्पनीको नाम लिएनन् ।

यद्यपि, यस महिनाको सुरुमा एलन मस्कले भनेका थिए कि उनको रकेट कम्पनी स्पेसएक्सले युक्रेनमा आफ्नो स्टारलिंक इन्टरनेट सेवा जारी राख्नेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *