छठको रौनक सुरु, यसरी सिँगारियो गौरीघाट (फोटोफिचर)

अनिल पोख्रेल
११ कार्तिक २०७९ १३:४२

काठमाडौं । तिहार सकिएसँगै छठपर्वको रौनक सुरु भएको छ ।

लक्ष्मीपूजाको चार दिनपछि अर्थात् कात्तिक शुक्लपक्षको चौथी तिथिका दिनबाट मनाइने छठपर्वको तयारी काठमाडौंमा पनि सुरु गरिएको छ ।

काठमाडौं उपत्यकाका विभिन्न पोखरी तलाउमा पनि छठपर्वको दिन छठी माताको पूजा अर्चना गरिन्छ । काठमाडौंको गुहेश्वरी र गौरीघाटमा पनि छठका लागि सिँगारेर झकिझकाउ पारिएको छ ।

सन्तान प्राप्ति, रोग निदान र पारिवारिक कल्याणका लागि मनाइने छठपर्वलाई अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने पर्वको रुपमा लिइन्छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *