इण्डिगो एयरको विमानको इन्जिनमा आगो लाग्यो
काठमाडौं । दिल्लीबाट बैंगलोर जाँदै गरेको इन्डिगो एयरको विमानको इन्जिनमा शुक्रबार राति उडान भर्ने क्रममा आगलागी भएको छ ।
जसका कारण दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा आपतकालीन अवतरण गर्नुपरेको थियो । यो घटना राति १० बजेतिर भएको हो ।
समाचार एजेन्सी एएनआईका अनुसार दिल्लीबाट बैंगलोर जाँदै गरेको उडान नम्बर ६ई–२१३१ उडान गर्ने क्रममा प्राविधिक समस्या देखिएको थियो । यो कुरा बाहिर आएपछि पाइलटले टेक अफ रोके ।
समाचार अनुसार विमानमा सवार सबै यात्रु सकुशल छन् र कसैलाई पनि चोटपटक लागेको छैन । पछि यात्रुहरूलाई अर्को विमानबाट बैंगलोर पठाइएको पनि बताइएको छ ।
विमानमा १७७ यात्रु र सात चालक दलका सदस्य थिए । इन्डिगोले पनि विज्ञप्ति जारी गरी यो घटनाको बारेमा जानकारी दिएको छ ।
स्रोतका अनुसार इन्डिगोको यो विमान पछि स्पाइसजेटको विमान उडानको प्रतिक्षामा थियो । यसको पाइलटले कन्ट्रोल रुममा फोन गरेर इन्डिगो विमानको इन्जिनमा आगलागी भएको जानकारी गराएका थिए ।
यो दुर्घटनापछि केन्द्रीय नागरिक उड्डयन मन्त्रालयले यस विषयमा छानबिन गर्ने जनाएको छ । यसको आधिकारिक ट्विटर ह्यान्डलबाट ट्वीट गरेर, मन्त्रालयले भन्यो कि नागरिक उड्डयन महानिर्देशालयका जिम्मेवार अधिकारीहरूलाई घटनाको छानबिन गर्न र चाँडो भन्दा चाँडो रिपोर्ट पेश गर्न भनिएको छ।







डिसी नेपाल







Facebook Comment