‘बलात्कारपछि उसले मलाइ मार्न सक्थ्यो, ज्यान जोगाउन मैले उसलाई मारें’
काठमाडौं । एक महिलाले बलात्कारीको हत्या गरिन् । महिलाले आत्मरक्षाका लागि बलात्कारीको हत्या गरेको दाबी गरेकी छन् । बलात्कारीले आफू र भाइलाई मार्न चाहेको पनि महिलाले बताइन् । यस मामिलामा, महिलालाई अदालतले २० वर्षको सजाय सुनाएको थियो। तर हालै यी महिला रिहा भएकी छिन् । अब यस विवादित केसको कथा नेटफ्लिक्समा देखाइनेछ।
३४ वर्षीया ब्रिटनी स्मिथले १६ जनवरी २०१८ मा टोड स्मिथलाई गोली हानेकी थिइन्। टोड त्यतिबेला ३८ वर्षका थिए। ब्रिट्नीले आरोप लगाएकी थिइन् कि टोडले उनको घरमा घाँटी थिच्ने प्रयास गरे, उनी बेहोस हुँदा उनलाई बलात्कार गरे। टोडलाई ब्रिटनीले तीन पटक गोली हानेकी थिइन्। यो प्रकरणले विश्वभर हेडलाइन बनेको थियो । उनलाई यस मामिलामा अदालतले २० वर्षको जेल सजाय सुनाएको थियो, त्यसपछि ब्रिटनी १८ महिनासम्म अलाबामा (अमेरिका) कारागारमा बसिन्।
जेलमा सजाय पाएकी ब्रिटनीले भनिन् कि टोडले बलात्कार गरेपछि उनलाई र उनको भाइ क्रिसलाई मार्न चाहन्थे। यस विवादित मुद्दामा बनेको अलाबामा राज्य बनाम भर्सेज ब्रिटनी स्मिथको डकुमेन्ट्री नोभेम्बर १० मा रिलिज हुँदैछ। ब्रिटनीले भनिन्, ‘म हत्याको आरोपमा पक्राउ परेकी थिएँ, त्यो मानिस मेरो घरमा थियो । आफूलाई जे सहि लाग्यो त्यही गरेँ, नगरेको भए म र मेरो भाइ दुवैको हत्या हुने थियो । अब म आफ्ना छोराछोरीकहाँ गएर बताउन चाहन्छु कि उनकी आमा हत्यारा होइनन्, आमाले आफूलाई बचाउनको लागि यो सब गरेकी हुन् ।’

ब्रिटनीकी आमा रोमानाले आफ्नी छोरीको हत्या गरेर बलात्कार भएको बताएकी छन् । उनी झन्डै मरिसकेकी थिइन् । अहिले ‘सिस्टम’ ले उनलाई बलात्कार र कुटपिट गरिरहेको छ । अदालतमा मुद्दाको सुनुवाइका क्रममा बताएअनुसार ब्रिटनीले टोडलाई किशोरावस्थादेखि नै चिनेकी थिइन् । घटनापछि ब्रिटनीको मेडिकल जाँच गर्दा उनको शरीरमा ३० भन्दा बढी घाउ भेटिएको थियो । तर ४८ घण्टामै उनीमाथि हत्याको अभियोग लगाइयो । त्यसपछि उनले ४ महिना जेल बसिन् । ६ महिना मनोचिकित्सक संस्थामा बिताइन् ।
गत महिना यो मुद्दाको सुनुवाइ हुँदा वकिलहरूले ब्रिट्नीविरुद्धको आरोप खारेज गर्न अदालतमा निवेदन दिएका थिए। वकिलहरूले ब्रिटनीको बचाउ गर्दै भने कि उनले आफू र आफ्नो भाइलाई बचाउन गोली हानिन्।
टोडले ब्रिटनीको घर छोड्न पनि अस्वीकार गरेका थिए । तर न्यायाधीश जेनिफर होल्टले भनेका थिए कि ब्रिटनी ढोका र टोडको बीचमा उभिइन्, उनीमाथि गोली हानिन् र उनलाई बाहिर जाने मौका दिइनन्। तर, सबै तर्क सुनेपछि अदालतले १८ महिनापछि उनलाई रिहा गरेको थियो ।
अदालतको सुनुवाइमा टोड विगतमा पनि धेरै अपराधमा संलग्न रहेको कुरा बाहिर आएको थियो । यसका कारण टोड ७१ पटक जेल गएका थिए, उनले आफ्नी पूर्व पत्नी र अन्य साथीहरूलाई पनि यातना दिएका थिए।
No ads found for this position

डिसी नेपाल
Facebook Comment