गुडविल फाइनान्सको खुद नाफा ४६.०३ प्रतिशतले घट्यो, अन्य सूचकको कस्तो छ अवस्था?

डिसी नेपाल
१४ कार्तिक २०७९ १०:३२

काठमाडौँ। गुडविल फाइनान्स लिमिटेडले आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक गरेको विवरण अनुसार कम्पनीले ३ करोड ८४ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो नाफा अघिल्लो वर्षको यही अवधिको तुलनामा ४६.०३ प्रतिशतले कम हो। अघिल्लो वर्षको यही अवधिमा कम्पनीले ७ करोड ११ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

कम्पनीको खुद ब्याज आम्दानी केहि बढेको छ भने सञ्चालन मुनाफा घटेको छ। गत वर्ष १४ करोड ३० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको कम्पनीले यस वर्ष ५.०२ प्रतिशतले बढाएर १५ करोड २ लाख रुपैयाँ पुर्याएको छ।  समिक्षा अवधिमा कम्पनीको सञ्चालन मुनाफा ९ करोड ८२ रुपैयाँबाट घटेर ५ करोड ४६ लाख रुपैयाँमा सिमित भएको छ।

यो पहिलो त्रैमासमा कम्पनीले ११ अर्ब २७ करोड रुपैयाँ निक्षेप संकलन गरी ८ अर्ब ८० करोड रुपैयाँ कर्जा लगानी गरेको छ। चुक्तापुँजी ९४ करोड ६१ लाख रुपैयाँ रहेको कम्पनीको रिजर्भको आकार ५०.५२ प्रतिशतले घटेर ५२ करोड ३ लाख रुपैयाँमा सीमित बनेको छ। अघिल्लो वर्ष रिजर्भमा १ अर्ब ५ करोड रुपैयाँ रहेको थियो।

कम्पनीको खराब कर्जाको अनुपात ३.४० प्रतिशतले घटेर २.१५ प्रतिशतमा झरेको छ। सीडी रेसियो ८३.१५ प्रतिशत रहेको कम्पनीको आधारदर १२.३९ प्रतिशत छ।

कम्पनीको खुद नाफा घटेसँगै प्रतिसेयर आम्दानी पनि घटेको छ। कम्पनीको प्रति सेयर आम्दानी ३ रुपैयाँ ०९ पैसाले घटेर १६ रुपैयाँ ८४ पैसामा झरेको छ। अघिल्लो वर्ष ईपीएस १९.९३ रुपैयाँ रहेको थियो। पीई रेसियो २७.४० गुणा रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ १६७.८३ रुपैयाँ रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *