भारतले चिनी निर्यातमा लगाइएको प्रतिबन्ध थप १ वर्ष लम्ब्यायो

डिसी नेपाल
१४ कार्तिक २०७९ ११:०७

काठमाडौँ। भारतले चिनी निर्यातमा लगाएको प्रतिबन्ध लम्ब्याएको छ। भारतले चिनी निर्यातमा पछिल्लो चार महिनादेखि लगाउँदै आएको प्रतिबन्ध थप एक वर्ष रोक लगाउने निर्णय गरेको हो। यसअनुसार सन् २०२३ को अक्टोबरसम्म चिनी निर्यात प्रतिबन्ध हुनेछ ।

भारत विश्वकै सबैभन्दा ठूलो चिनी उत्पादक मुलुक हो। चिनी निर्यातमा प्रतिबन्ध लगाउने निर्णय लम्बिँदा भारतबाट चिनी आयात गर्ने मुलुकहरुमा अभाव सिर्जना हुने र मूल्य बढ्न अनुमान गरिएको छ।

नेपालले भारतबाट वार्षिक १ लाख ६० हजार मेट्रिक टन चिनी आयात गर्दै आएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *