इमरान खानको र्‍यालीमा सहभागी महिला पत्रकारको मृत्यु

डिसी नेपाल
१४ कार्तिक २०७९ १२:३९
64
Shares

इस्लामाबाद। पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको र्‍यालीमा सहभागी हुने एक महिला पत्रकारको आइतबार मृत्यु भएको छ । उनको कन्टेनरमुनि कुचेर मृत्यु भएको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन्।

मृत्यु हुनेमा च्यानल ५ की पत्रकार सदफ नइम रहेको छ। सो दुःखद घटनापछि पाकिस्तान तेहरिक–ए–इन्साफ अध्यक्षसमेत रहेका खानले आफ्ना र्‍याली स्थगित गरेका छन्।

‘दुर्घटनाको कारण हामीले आजको र्‍याली समाप्त गर्दैछौं। हामीले कार्यक्रम रोक्ने निर्णय गरेका छौं’ खानले भने। खानले मृतकका परिवारलाई समवेदना पठाउँदै मृत आत्माको चिरशान्तिको कामना गर्ने बताएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *