ह्यामर हमलापछि हामी आघात भएका छौँः न्यान्सी पेलोसी

डिसी नेपाल
१४ कार्तिक २०७९ १४:४५
112
Shares

न्युयोर्क। अमेरिकी तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभकी सभामुख न्यान्सी पेलोसीले आफ्ना श्रीमानमाथिको हमलका कारण आफूू आघात भएको बताएकी छिन्। तर, उनको उपचारमा भएको तदरुकताप्रति भने सभामुख पेलोसी र उनको परिवार आभार व्यक्त गरेका छन्।

यही शुक्रबार पल पेलोसीलाई उनकै सान फ्रान्सिस्कोस्थित घरमा एक जना पुरुषले ह्यामरले सांघातिक हमला गरेका थिए। ८२ वर्षीय पलको स्वास्थ्य अवस्थामा निरन्तर सुधार आएको न्यान्सीले बताएकी छिन्। आक्रमणका कारण उनको टाउकोको हड्डी भाँचिनुका साथै दायाँ पाखुरा र हातमा चोट लागेको छ। जीवन बचाउने उपचारका लागि उनी अस्पतालमा उपचारार्थ छन्।

संदिग्ध डेभिड डिपापेले उनलाई आक्रमण गर्नअघि पललाई भेट्न आएको बताएका थिए। यस हमलाले ८ नोभेम्बरमा हुने मध्यावधी निर्वाचनको पूर्वसन्ध्यामा एक प्रकारको त्रासदी सृजना गरेको छ। आक्रमणको समयमा सभामुख पेलोसी वासिंगटनमा थिइन् । आक्रमण लगत्तै श्रीमानको अवस्था बुुझ्न उनी अस्पताल पुुगेकी थिइन्। एक विज्ञप्तिमा पेलोसीले प्रार्थना र न्यानो शुभकामनाले पेलोसीले स्वास्थ्य लाभ गरिरहेको उनले बताएकी छिन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *