सेयर बजार १६.३९ अंकले बढ्यो, कारोबार रकम ६९ करोड ७३ लाखमा सिमित

डिसी नेपाल
१४ कार्तिक २०७९ १५:१८

काठमाडौँ। साताको कारोबारको पहिलो दिन सोमबार सेयर बजार बढेको छ। आज नेप्से १६.३९ अंकले बढेर १ हजार ८७४.८७ विन्दुमा पुगेको हो।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २२४ कम्पनीको २५ लाख ७४ हजार ९७५ कित्ता सेयर खरिद बिक्री हुँदा ६९ करोड ७३ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।

त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी एनआईसी एसिया बैंकको भएको छ। यसको आज ६ करोड १७ लाखभन्दा बढीको कारोबार भएको छ।

सोमबारको कारोबारमा १३ वटा उपसुचकमध्ये विकास बैंक उपसुचकबाहेक सबै उपसुचक बढेको छ। आजको कारोबारमा सयपत्री हाइड्रोपावर र नेपाल एसबिआई बैंक लगानीकर्ताले अत्याधिक कमाएका छन्। यस्तै, अपर हेवाखोला हाइड्रोपावर र रुरु जलबिद्युत परियोजनाका लगानीकर्ताले अत्यधिक गुमाएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *