बंगलादेशमा कार्यालय समय परिवर्तन, अब ९ बजेदेखि सुरु हुने

डिसी नेपाल
१५ कार्तिक २०७९ ९:२९
104
Shares

ढाका। बंगलादेशमा सरकारी कार्यालयको समय परिवर्तन गरेको छ। सरकारले विद्युत् अभावका कारण यसअघि कार्यलय समय ८ बजेदेखि सञ्चालन गरेकोमा अब ९ बजेदेखि सुरु हुने भएको हो।

सरकारी कार्यालय र स्वायत्त संस्था बिहान ८ बजेदेखि दिउँसो ३ बजेसम्म हुँदै आएकोमा अब बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म हुने जनाइएको छ।

प्रधानमन्त्री शेख हसिनाको अध्यक्षतामा बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो। नयाँ नियम दुई सातापछि लागू हुनेछ। तर, अदालत, बैंक विद्यालय तथा कलेज प्रशासनले आ–आफ्नो तालिका तय गर्नसक्ने सरकारले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *