बाइडेनले अमेरिकामा ५४ राज्य भनेपछि…

डिसी नेपाल
१५ कार्तिक २०७९ ९:३९

न्युयोर्क। अमेरिकी राष्ट्रपति जो बाइडेन फेरि एकपटक आफ्नो गफका कारण सामाजिक सञ्जालमा चर्चाको विषय बनेका छन्। यस पटक ७९ वर्षीय राष्ट्रपतिले दावी गरे कि उनले ओबामाकेयरको रक्षा गर्न सन् २०१८ मा ‘५४ राज्यमा’ अभियान चलाएको बताएका छन् ।

उनले शुक्रबार ‘पेन्सिलभेनिया डेमोक्रेटिक पार्टी रिसेप्शन’मा सम्बोधनका क्रममा यस्तो भनाइ राखेका थिए। आफ्नो भाषणको क्रममा बाइडेनले दाबी गरे कि ट्रम्पले ओबामाकेयरलाई प्रतिस्थापन गर्न अभियान चलाएका थिए तर डेमोक्र्याटहरूले ट्रम्पको अभियानलाई सफल हुन नदिन सन् २०१८ मा कडा अभियान चलाए।

अमेरिकी राष्ट्रपतिले आफ्नो भाषणमा भने, ‘ निस्सन्देह, तिनीहरू आफ्नो ४९९औं पटक प्रयास गर्दैछन्, वा संख्या जे होस् तिनीहरू अझै पनि सस्तो हेरचाह ऐन हटाउन कटिबद्ध छन्। र, यदि तिनीहरू गरे भने मजाक होइन।

सम्बोधनका क्रममा उनले अगाडि भने, ‘तसर्थ सन् २०१८ मा यसलाई हामीले हरायौँ। हामी ५४ राज्यमै पुग्यौँ। ’ उनले सम्बोधन गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ। अमेरिकामा ५० राज्य छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *