रूसले सम्झौता तोडेपछि पनि युक्रेनी जहाज अन्न बोकेर हिँडे
काठमाडौं । युक्रेनले कालो सागरमा रहेको बन्दरगाहबाट अन्न बोकेका १२ जहाज बाहिर निकालेको जनाएको छ । यी जहाजहरू रसियाले अन्न निर्यात सम्झौता तोडेपछि पनि अनाज लिएर गएका हुन्।
युक्रेनी वरिष्ठ अधिकारीका अनुसार यी मध्ये एउटा जहाजले ४०,००० टन अन्न इथियोपिया लैजाँदैछ। युद्धग्रस्त इथियोपियामा भोकमरीको खतरा बढ्दै गएको छ।
युक्रेनले यसअघि रुसलाई ‘भोकको डर देखाएर विश्वलाई ब्ल्याकमेल गरिरहेको’ आरोप लगाएको थियो। क्रिमियामा रसियाको ब्ल्याक सी फ्लीटमा ड्रोन आक्रमण पछि, रसियाले अन्न निर्यात सम्झौता खारेज गर्ने घोषणा गर्यो।
ड्रोन विमानले शनिबार रुस नियन्त्रित क्रिमिया प्रायद्वीपमा जहाजमा आक्रमण गरेको थियो। यसका लागि रुसले युक्रेनलाई दोष दिएको छ । यद्यपी युक्रेनले यी आक्रमणको जिम्मेवारी लिएको छैन । यसअघि क्रिमियामा भएका आक्रमणको पनि युक्रेनले जिम्मेवारी लिएको छैन।
युक्रेन र रुस युद्धका कारण विश्वभर खाद्य संकट सिर्जना हुने खतरा छ । युक्रेन र रुस विश्वमा सबैभन्दा बढी अन्न उत्पादन गर्ने देश हुन्। युक्रेनले कालो सागर हुँदै अन्न निर्यात गर्छ। अहिले यहाँ रुसी सेनाको प्रभाव छ । टर्कीको मध्यस्थतामा रुसले युक्रेनबाट अनाज निर्यात गर्न दिने सहमति गरेको थियो ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment