इमरान खानले मुख्य निर्वाचन आयुक्तविरुद्ध १० अर्ब रुपैयाँको मानहानीको मुद्दा दायर गर्ने

डिसी नेपाल
१५ कार्तिक २०७९ ११:५५

काठमाडौं । पाकिस्तान तहरिक–ए–इन्साफका अध्यक्ष तथा पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानले हकीकी आजादी मार्चको चौथो दिनलाई सम्बोधन गर्दै निर्वाचन आयुक्तलाई निशाना बनाएका छन् ।

उनले तोषाखाना र विदेशी लगानी प्रकरणमा आफ्नो प्रतिष्ठामा आँच पुर्‍याएको भन्दै प्रमुख निर्वाचन आयुक्तविरुद्ध १० अर्ब रुपैयाँ क्षतिपूर्तिको मुद्दा दायर गर्ने बताए ।

उनले मुख्य निर्वाचन आयुक्तलाई अदालत लैजाने बताए । उनले मुख्य निर्वाचन आयुक्तलाई अदालतमा लगेर उनीबाट यो रकम लिएर शौकत खानुम मेमोरियल क्यान्सर अस्पताल र अनुसन्धानमा लगानी गर्ने बताए ताकि भविष्यमा सिकन्दर सुल्तान राजाले कसैको प्रतिष्ठामा हानि नपुर्याउन् ।

इमरान खानले शौकत खानुम क्यान्सर अस्पतालका लागि ९ अर्ब प्राप्त गरेको बताएका छन् । यस अस्पतालमा ७५ प्रतिशत बिरामीको नि:शुल्क उपचार हुन्छ, अहिले कराँचीमा पनि शौकत खानुम क्यान्सर अस्पताल बन्न लागेको छ ।

साथै, अल-कादिर विश्वविद्यालयमा सबै बालबालिकालाई नि:शुल्क शिक्षा प्रदान गरिएको उनले बताए।

इमरान खानले मुख्य निर्वाचन आयुक्त सिकन्दर सुल्तान राजालाई शरीफ परिवारको कर्मचारी भनेका छन् । सुल्तान राजाले आफ्नो प्रतिष्ठामा आँच पुर्याएर आफ्नो इमानदारीमाथि प्रश्न उठाउदै यी कल्याणकारी आयोजनालाई बिगार्ने प्रयास गरेको उनले बताए ।

उनले आफूविरुद्धको कुनै पनि कुरा अवैध प्रमाणित भए अदालतको फैसलाअघि नै राजीनामा दिने बताए ।

अक्टोबर २१ मा निर्वाचन आयोगले तोशाखाना मुद्दामा इमरान खानको सदस्यता खारेज गरेको थियो । पाकिस्तानका मुख्य निर्वाचन आयुक्त सिकन्दर सुल्तान राजाको अध्यक्षतामा रहेको चार सदस्यीय बेन्चले यो निर्णय गरेको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *