पाउल पेलोसीमाथि हमला: न्यान्सीलाई पनि अपहरण गर्न खाेजेकाे आरोप

डिसी नेपाल
१५ कार्तिक २०७९ १२:३३
68
Shares

न्युयोर्क। अमेरिकी वरिष्ठ राजनीतिज्ञ न्यान्सी पेलोसीलाई अपहरण गर्ने प्रयास गरेको र उनका श्रीमानमाथि कुटपिट गरेको आरोपमा एक व्यक्तिलाई पक्राउ गरिएको छ।

एक ४२ वर्षीय व्यक्तिलाई शुक्रबार बिहानै पेलाेसी दम्पतीको सान फ्रान्सिस्कोको घरमा पसेर ८२ वर्षीय पाउल पेलोसीलाई हथौडाले आक्रमण गरेका थिए। घरभित्र पसेपछि उनी न्यान्सीलाई खोजेका थिए। वरियताक्रममा राष्ट्रपतिपछि दोस्रो स्थानमा रहेकी पेलोसी उक्त समय देशको अन्य भागमा थिइन्।

आक्रमणको कारणबारे थप अनुसन्धान भइरहेको छ। उक्त हमला सुनियोजित भएको प्रहरीले जनाएको छ। सोमबार उनीमाथि संघीय कानुन उल्लंघन गरेको आरोप लागेको छ। उनी दोषी ठहर भएमा ३० वर्षको जेल सजाय हुन सक्ने प्राप्त विवरणहरूमा जनाइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *