छोरीलाई गँगटाले टोक्यो, त्यसको बदला लिन बाबुले जिउँदै गँगटो खाएपछि…

डिसी नेपाल
१५ कार्तिक २०७९ १३:१६

काठमाडौं । छोरीलाई गँगटोले टोकेपछि बदला लिन एक व्यक्तिले जिउँदो गँगटो खाए । गँगटो खाँदा व्यक्ति गम्भीर बिरामी भएको बताइएको छ । मामला चीनको हो। साउथ चाइना मर्निङ पोस्टको रिपोर्ट अनुसार चीनको पूर्वी तटीय प्रान्तका ३९ वर्षीय लुले जिउँदो गँगटो खाएका थिए । घटना भएको दुई महिनापछि ढाड दुखेको गुनासो भएपछि उनलाई अस्पताल भर्ना गर्नुपरेको चिकित्सकले बताए ।

लुको मेडिकल रिपोर्टमा उनको छाती, पेट, कलेजो र पाचन नलीमा प्याथोलोजी परिवर्तन देखिएको थियो। तर त्यसपछि यी परिवर्तनहरूको पछाडि कारणहरू पत्ता लगाउन सकिएन। हाङ्जाउको सर रन रन श अस्पतालका पाचन प्रणाली विभागका निर्देशक डा काओ कियानले भने, ‘हामीले उनलाई धेरै पटक सोध्यौं तपाईंले कुनै अनौठो कुरा खानुभएको छ, जसले एलर्जी हुन सक्छ । उनले हरेक पटक होइन भनिरहे ।’

लुकी श्रीमतीले जब उनले गँगटो खाएको बताइन्, तब रहस्य खुल्यो । डा काओले भने- मैले उसलाई सोधेँ ‘तिमीले जिउँदो गँगटो किन खायौ?’ जवाफमा उनले ‘म मेरी छोरीको बदला लिन चाहन्थें’ भने ।

डा काओले थप बताए कि उनीहरु एउटा सानो खोला तर्ने क्रममा उनकी छोरीलाई गँगटोले टोकेको थियो । यसले व्यक्तिलाई रिस उठ्यो। लुको रगत परीक्षणले उनलाई तीनवटा परजीवी संक्रमण भएको खुलासा गरेको थियो। काँचो मासु खाँदा यस्तो हुन्छ । तर, व्यक्तिको स्वास्थ्यमा सुधार आएको छ । तर डाक्टरहरूले मानिसहरूलाई जिउँदो गँगटा खान निषेध गरेका छन्।

गँगटा खानु चीनमा धेरै सामान्य छ। सामान्यतया मानिसहरूले गँगटाको परिकार पकाएर बनाउँछन्। तर पूर्वी चीनका मानिसहरूले काँचो वा मारिनेट गरिएको गँगटा पनि खान्छन्। पूर्वी चीनका मानिसहरूले ‘ड्रङ्कन क्र्याब्स’ नामक परिकार पनि खान्छन्। यस डिशको लागि, गँगटालाई वाइनसँग म्यारिनेट गरिन्छ र मसलासँग खाइन्छ।

डा. काओले म्यारिनेट गरिएको क्र्याब खानु अझै राम्रो हुने बताए । किनभने रक्सीले परजीवीहरूलाई मार्न सक्छ। तर पनि यो विधि १०० प्रतिशत सुरक्षित छैन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *