भद्दा म्यासेज, अश्लील तस्विर पठाउँदै डेलिभरी ब्वायले महिलालाई कैयौं महिनासम्म पिछा गरेपछि…

डिसी नेपाल
१५ कार्तिक २०७९ १३:४७

काठमाडौं । ठुलो कम्पनीमा काम गर्ने डेलिभरी ब्वायले कम्पनीको डाटाबाट एक महिलाको नम्बर निकाले । यसपछि डेलिभरी ब्वायले महिलालाई धेरै अश्लिल म्यासेज र आफ्ना अश्लील तस्विर पठाए । डेलिभरी ब्वायले उनको घरमा पनि जबरजस्ती पस्ने प्रयास गरेको महिलाको भनाइ छ ।

डेलिभरी ब्वायलाई बर्खास्त गरिएको छ । उनले धेरै महिलालाई निशाना बनाएको पनि बाहिर आएको छ । अभियुक्त इभ्री कम्पनीमा कार्यरत थिए । इभ्री सबैभन्दा ठूलो बेलायती पार्सल डेलिभरी कम्पनीहरु मध्ये एक हो।

यो डेलिभरी चालकले कम्पनीको रेकर्डबाट एक महिलाको नम्बर निकालेका थिए। यसपछि उनलाई धेरै आपत्तिजनक म्यासेज पठाइएको थियो । वेल्सअनलाइनले आफ्नो रिपोर्टमा चालक र पीडित दुवैको नाम खुलाएको छैन।

रिपोर्टका अनुसार ती महिलाले करिब १० महिना अघिदेखि म्यासेज पाउन थालेकी थिइन् । यी ड्राइभरले ती महिलालाई पार्सल पुर्‍याएका थिए, यस क्रममा उनले धेरै यौन टिप्पणीहरू पनि गरे।

उक्त चालकले आफ्नो घरमा पस्ने प्रयास गरेको महिलाले दाबी गरिन् । महिला आफ्नो तीन वर्षको छोरा र कुकुरसँगै बस्छिन् । महिलाले आफूसँग भएको अनुभवबाट आफू निकै स्तब्ध भएको बताइन् । उनी आफ्नै घरमा बेचैन हुन थालेकी छिन् ।

यस सम्बन्धमा पार्सल कम्पनी इभ्रीको बयान पनि बाहिर आएको छ । यस्तो व्यवहार कदापि सह्य नहुने कम्पनीले जनाएको छ । कम्पनीले चालकको सम्झौता खारेज गरेको छ ।

पीडितले विगत १० महिनादेखि यो क्रम चलिरहेको बताइन् । धेरै म्यासेजमा चालकले पीडित महिलालाई तिम्रो शरीर देखेर मेरो दिन बन्छ । तिमी धेरै सुन्दर छौ, म तिमीलाई धेरै मन पराउँछु जस्ता म्यासेज पठाएका थिए ।

चालकले आफ्ना छिमेकीसँग पनि यस्तै व्यवहार गरेको महिलाले दाबी गरेकी छन् । कयौं पटक यो चालक सम्बन्धित नभएका यस्ता पार्सल लिएर पनि कसैको घरमा पुग्थे । महिलाले यस दुव्र्यवहारको बारेमा सर्वप्रथम इभ्रीमा कार्यरत आफ्नो परिवारका एक सदस्यलाई जानकारी गराएको बताइन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *