भारतका ‘स्टील म्यान’ इरानीको निधन

डिसी नेपाल
१५ कार्तिक २०७९ १४:५६
100
Shares

नयाँ दिल्ली। भारतको ‘स्टील म्यान’ भनेर चिनिने जमशेद जे इरानीको ८५ वर्षको उमेरमा सोमबार राति पूर्वी भारतीय सहर जमशेदपुरको टाटा अस्पतालमा निधन भएको छ । टाटा स्टिलले उनको निधन भएको पुष्टि गरेको छ ।

टाटा स्टिलसँग इरानीको चार दशकभन्दा बढी समयदेखि आबद्धता थियो । उनको निधनमा टाटा स्टिलले गहिरो दुःख व्यक्त गरेको छ ।

‘भारतको स्टील म्यान भनेर चिनिने जमशेद जे इरानीको निधनमा हामी गहिरो दुःखी छौं । टाटा स्टील परिवार उनको परिवार र प्रियजनहरूप्रति गहिरो समवेदना प्रकट गर्दछ’ टाटा स्टीलले जारी गरेको विज्ञप्तिमा भनिएको छ। इरानीका एक पत्नी र तीन सन्तान छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *