इरानमा महसा अमिनीपछि प्रहरी हिरासतमा अर्को मृत्यु, १९ वर्षीय युवकलाई कुटपिट गरेर मारियो
काठमाडौं । महसा अमिनीपछि इरानमा अर्का व्यक्तिको हत्याको घटना बाहिर आएको छ । जानकारीका अनुसार इरानी सेलिब्रेटी शेफ महशद शाहिदीलाई प्रहरी हिरासतमा कुटपिट गरी हत्या गरिएको थियो ।
शेफ महशादलाई ‘इरानको जेमी ओलिभर’ भनेर पनि चिनिन्थ्यो। १९ वर्षीय महशादलाई इरानको रिभोलुसनरी गार्डले मृत्यु नहुँदासम्म कुटपिट गरेको थियो । यो घटनापछि जनतामा चर्को आक्रोश छ ।
वास्तवमा, सरकार विरोधी प्रदर्शनमा भाग लिएको आरोपमा शाहिदलाई अक्टोबर २५ मा पक्राउ गरिएको थियो। २९ अक्टोबरमा उनको हत्या भएको थियो । उनको मृत्यु र अन्त्येष्टिपछि इरानमा जनताले सरकारविरुद्ध प्रदर्शन गरेका थिए । विरोध र्याली पनि निकालिएको थियो । त्यसमा हजारौं मानिसको सहभागिता थियो ।
यो घटना इरानको अराक क्षेत्रमा भएको हो । जहाँ महसा अमिनीको हिरासतमा भएको मृत्युको विरोधमा सयौं मानिसले र्याली निकालेका थिए । वास्तवमा, महसालाई हिजाब नलगाएको कारण गिरफ्तार गरिएको थियो।
रिपोर्टहरूका अनुसार शाहिदलाई इरानी सुरक्षा बलहरूले लाठीले कुटपिट गरे र अर्धमृत छोडे। शाहिदको टाउकोमा गम्भिर चोट लागेको छ । पुरै शरीर रगतले लतपतिएको थियो ।
इरानी समाचार एजेन्सीका अनुसार शाहिदका आमाबुवालाई उद्धृत गर्दै भनिएको छ कि हाम्रो छोरालाई गिरफ्तार गरिएको छ। त्यसपछि उनलाई नराम्ररी कुटपिट गरिएको थियो । उनको टाउकोमा लाठीले प्रहार गरेको थियो । जसका कारण शाहिदको मृत्यु भएको हो । तर, शहिदीको हृदयघातका कारण मृत्यु भएको भन्दै सरकारको दबाबमा परेका छौं ।
विज्ञहरूका अनुसार इरानमा प्रहरी हिरासतमा मृत्यु भएको यो घटनापछि फेरि गम्भीर विरोध प्रदर्शन हुनसक्छ । जनता सडकमा आउन सक्छन् । भर्खरै महसा अमिनीको मृत्युपछि ठूलो हंगामा मच्चिएको थियो, जसलाई सारा संसारले देखेको थियो । यति मात्र होइन, यस घटनाको विश्वभरबाट विरोध पनि भएको थियो ।
१६ सेप्टेम्बरमा इरानी प्रहरीले यातना दिएपछि अमिनीको हिरासतमै मृत्यु भएको थियो। उनलाई हिजाब नलगाएको भन्दै इरानी अधिकारीहरूले समातेका थिए। यद्यपी यी दुबै घटनामा इरानी अधिकारीहरुले महसा अमिनी र शाहिदीको मृत्यु स्वाभाविक भएको बताएका छन् ।







डिसी नेपाल







Facebook Comment