विमान दुर्घटना भयो, पाइलट र यात्रु ४० फिट अग्लो रुखमा झुण्डिए

डिसी नेपाल
१५ कार्तिक २०७९ १७:३१

काठमाडौं । हावामा उडेको विमान दुर्घटना भयो । यस दुर्घटनामा पाइलट र यात्रुहरु सकुशल बाँच्न सफल भएका छन् । वास्तवमा उनीहरू भुइँमा खस्नुको सट्टा रुखको हाँगामा अड्किए जसका कारण उनीहरूको ज्यान जोगियो । उद्धार टोली घटनास्थलमा पुगेपछि उनीहरुलाई ४० फिट अग्लो रुखको हाँगामा फसेको अवस्थामा फेला पारेको थियो ।

डेली स्टारका अनुसार विमानमा दुई जना सवार थिए । श्रीमान विमान उडाउँदै थिए भने श्रीमती यात्रुका रूपमा यात्रा गरिरहेकी थिइन् । उनीहरू बेलायतको रोचेस्टर विमानस्थलबाट उडेका हुन् । तर केही समयपछि विमान जंगली क्षेत्रमा दुर्घटनाग्रस्त भयो।

रुखमा ठोक्किएपछि विमान जमिनमा खसेको बताइएको छ । तर, भाग्यवस, पाइलट श्रीमान र यात्रु श्रीमती दुवै रुखको हाँगामा फसेर बाँच्न सफल भए । जसका कारण उनीहरूलाई गम्भीर चोट लागेको छैन ।

दुर्घटनापछि उद्धारकर्मीको ७ वटा टोली घटनास्थलमा पुगेर आगो नियन्त्रणमा लिएका थिए । सोही क्रममा प्रहरीले दुर्घटनास्थलतर्फ जाने बाटो बन्द गरेको थियो । यससँगै रुखमा फसेका पाइलट र यात्रुलाई सकुशल तल ल्याउन एचएम कोस्टगार्डलाई बोलाइएको थियो ।

यस विषयमा केन्ट प्रहरीका एक प्रवक्ताले भने– हामीले सोमबार बिहान विमान ठोक्किएको खबर प्राप्त गरेका थियौं । विमान जंगलमा दुर्घटना भएको थियो । हाम्रो दमकल र एम्बुलेन्स सेवा सहितको टोली घटनास्थलमा पुगेर मानिसहरुको उद्दारको काम थालेको थियो । दुर्घटनामा कोही पनि घाइते नभएको प्रारम्भिक रिपोर्टमा जनाइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *