राष्ट्रसङ्घका महासचिव स्तब्ध

डिसी नेपाल
१५ कार्तिक २०७९ १८:१४

एजेन्सी । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसले भारतको पश्चिमी राज्य गुजरातमा झोलुङ्गे पुल भाच्चिँदा एक सय ४१ जनाको ज्यान गएको घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

सोमबार उनका प्रवक्ता स्टेफन डुजारिकले विज्ञप्ति प्रकाशन गरी सो कुराको जानकारी गराउनुभएको हो । सो दुर्घटनाबाट महासचवि गुटरेस निकै स्तब्ध भएको बताएको सो विज्ञप्तिमा जनाइएको छ ।

मानिसहरुले उक्त पुल हुँदै यात्रा गरिरहेका बेला पुल भाचिएको थियो । त्यसमा परेर एक सय ३० जनाको ज्यान गएको बताइएको छ ।

सोमबार भएको सो दुर्घटनामा परेर अरु पनि कैयौँ नागरिक घाइते भएका बताइएको छ । एक स्थानीय अधिकारीका अनुसार दुर्घटनामा ज्यान गुमाएकामा अधिकांश महिला, बालबालिका र वृद्ध छन् ।

महासचिव गुटरेसले सो दुर्घटनाबाट ज्यान गुमाएकाहरुप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्नुका साथै परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।

साथै महासचिव गुटरेसले यस दुर्घटनामा परी घाइते भएकाहरुलाई शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेका छन् ।

दीपावली पर्व मनाउने क्रममा भीडले खचाखच भएको मोरबीको उक्त पुल अकस्मात भाँच्चिएको थियो । बेलाइतको शासनकालमा १९ औँ शताब्दीमा बनेको उक्त पुल मर्मतसम्भारपछि गत सातादेखि सञ्चालन गरिएको थियो ।

उक्त पुल भाचिनाको कारणबारे राज्य सरकारका प्रहरी प्रमुखको नेतृत्वमा सोमबारदेखि नै अनुसन्धान थालिएको जानकारी दिइएको छ ।

सो पुलमा सयौँको सङ्ख्याका नागरिक परेको सूचनापछि हिजो राष्ट्रिय आपत् एवम् राहत बल, वायु सेना, नौसेना, राष्ट्रिय एवम् राज्यका सुरक्षा निकायका ठूलो सङ्ख्याका सुरक्षार्कीले खोज तथा उद्धार थालेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *