उत्तर कोरियाले गर्‍यो व्यालेस्टिक मिसाइल प्रहार

डिसी नेपाल
१६ कार्तिक २०७९ ८:०६
212
Shares

सियोल। उत्तर कोरियाले बुधबार “अपरिचित ब्यालेस्टिक मिसाइल“ प्रहार गरेको दक्षिण कोरियाले जनाएको छ।

दक्षिण कोरिया र अमेरिकाले संयुक्त सैन्य अभ्यास गरिरहेका बेला उत्तरले व्यालिस्टिक मिसाइल प्रहार गरेको हो। “उत्तर कोरियाले पूर्वी सागर तर्फ अज्ञात ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ,“ संयुक्त सेना प्रमुखले एक विज्ञप्तिमा भने।

यसअघि उत्तर कोरियाले सोमबार अमेरिका र दक्षिण कोरियालाई यस क्षेत्रमा ठूलो मात्रामा सैन्य अभ्यास रोक्न आह्वान गरेको थियो। दक्षिण कोरिया र अमेरिकी गतिविधिले उत्तेजित गराएकोसमेत उत्तर कोरियाले जनाएको छ।

अमेरिका र दक्षिण कोरियाको निरन्तर र लापरवाही सैन्य गतिविधिका कारण कोरियाली प्रायद्वीप टकराव बढेको छ। अमेरिका र दक्षिण कोरियाले वर्षेनी सैन्य अभ्यास गर्दै आएका छन् जसको प्योङयाङले विरोध गर्दै आएको छ।

अर्कोतर्फ उत्तर कोरियाले बारम्बार आणविक परीक्षण गर्दै आएको छ। उत्तरको आणविक परीक्षणलाई लिएर अन्र्तराष्ट्रिय समुदायले प्योङयाङमाथि विभिन्न प्रतिबन्ध लगाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *