“मानिसहरूले पाउनेछन् शक्ति !, ब्लू टिकको लागि प्रत्येक महिना $ ८ तिर्नुपर्ने” 

डिसी नेपाल
१६ कार्तिक २०७९ १०:४१

काठमाडौं। बिजनेस टायकून एलन मस्कले ट्वीटरको लागि अर्को ठुलो निर्णय लिएको छ। अव मस्कले ट्वीटरको ‘ब्लू टिक’ शुल्कको बारेमा खुलासा गर्दै यसका लागि प्रति महिना ८ डलर तिर्नुपर्ने बताएका छन्।

मस्कले भने , ‘अब प्रयोगकर्ताहरुले ब्लु टिकका लागि मासिक ८ डलर शुल्क तिर्नुपर्नेछ। देशअनुसार शुल्क फरक हुन सक्छ।’  यसका साथै, मस्कले ब्लू टिक्सको लागि भुक्तानी गर्ने प्रयोगकर्ताले ट्वीटरमा सामान्य प्रयोगकर्ताको तुलनामा केहि बढी सुविधा पाउने पनि जानकारी दिएका छन्।

ब्लू टिक भएका प्रयोगकर्ताले पाउने सुविधा देखाउँदै मस्कले ट्विटमा लेखेका छन्, ‘रिप्लाइ, मेन्सन र सर्चमा प्राथमिकता पाउनेछ, जुन निकै महत्वपूर्ण छ । यति मात्र होइन, तपाईले लामो भिडियो र अडियो पनि पोस्ट गर्न सक्नुहुनेछ। यसका साथै सामान्य ट्वीटर प्रयोगकर्ताको तुलनामा ब्लू टिक भएकाले विज्ञापनहरूको संख्या पनि सीमित हुनेछ।

एलोन मस्कले सोमबार ट्वीटरको प्रमुख कार्यकारी अधिकृत (सीईओ)को रुपमा काम गर्ने बताएका छन् । उनले हालै ४४ बिलियन डलरमा ट्विटर किनेका छन्। उनले गत हप्ता ट्विटरका पूर्व सीईओ पराग अग्रवाल र वरिष्ठ अधिकारीहरूलाई बर्खास्त गरेका थिए। मस्कले रकेट कम्पनी स्पेसएक्स पनि चलाउँछन्। उनले ब्रेन-चिप स्टार्टअप न्यूरालिंक र टनेल निर्माता द बोरिङ कम्पनीको जिम्मेवारी पनि सम्हाल्छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *