काठमाडौं-१ मा एमाले उम्मेदवारको चुनावी प्रचारमा ओली सहभागी

डिसी नेपाल
१६ कार्तिक २०७९ १०:१४

काठमाडौं। उम्मेदवार चयन गर्नु अघिसम्म नेकपा एमालेले काठमाडौं क्षेत्र नम्बरमा राप्रपा उम्मेदवार रवीन्द्र मिश्रलाई सघाउने चर्चा थियो। एमाले र राप्रपाबीच चुनावी तालमेल हुँदा काठमाडौं एकमा भने एमालेले आफ्नै उम्मेदवार उठायो। एमालेबाट यहाँ युवा संघका अध्यक्ष किरण पौडेल उम्मेदवार छन्।

अझै पनि एमालेले आफ्नो उम्मेदवारलाई निष्क्रिय बनाएर राप्रपा उम्मेदवार मिश्रलाई नै समर्थन गर्न सक्ने चर्चा चलिरहँदा बुधबार एमाले अध्यक्ष केपी शर्मा ओली पौडेललाई भोट माग्न त्रिपुरेश्वरस्थित महादेव मन्दिरमा पुगेका छन्।

महादेव मन्दिरको दर्शन गर्ने भन्दै त्यहाँ पुगेका ओलीले आफूहरुको आधिकारिक उम्मेदवार पौडेल नै रहेको र कार्यकर्तालाई ढुक्क भएर सूर्यमा मतदात गर्न आग्रह गरेका थिए।

पौडेल निकट एक कार्यकर्ताका अनुसार राप्रपाका उम्मेदवार मिश्रले एमालेले आफूलाई सहयोग गर्ने र पौडेललाई डमी उम्मेदवार बनाएको भन्दै प्रचार गरेपछि त्यो भ्रमलाई चिर्न ओली त्रिपुरेश्वर पुगेका हुन्।

ओलीले किरण पौडेलकै आग्रह अनुसार त्रिपुरेश्वरस्थित महादेव मन्दिर पुगेका हुन्। काठमाडौं क्षेत्र नम्बर एकमा स्वतन्त्रसहित साना दलबाट धेरै उम्मेदवार रहेको, उनीहरुले कांग्रेसको मत काट्दा एमालेको पल्लाभारी हुने स्थितिको बिफ्रिङ ओलीलाई गरेपछि ओली पौडेलको चुनावी प्रचारमा सहभागी भएका हुन्।

पौडेल युवा नेता भएका कारण युवाको मत आकर्षित गर्न सक्ने र मुख्य प्रतिस्पर्धी कांग्रेसको मत अन्य दलका उम्मेदवारले काट्दा एमालेको पल्लाभारी हुने बुझाइ एमालेको छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *