१५६ जनाको ज्यान गएको दुर्घटनाबारे दक्षिण कोरियाको प्रहरीले के सफाइ दियो ?

डिसी नेपाल
१६ कार्तिक २०७९ १०:५०

काठमाडौं । दक्षिण कोरियाका प्रहरी प्रमुखले शनिबार ह्यालोवीन उत्सवमा भागदौड हुँदा आफ्नो आपतकालीन प्रतिक्रिया “अपर्याप्त” भएको बताएका छन्। यो घटनापछि पहिलो पटक एक अधिकारीले यसलाई रोक्न पर्याप्त कदम नचालेको स्वीकार गरेका छन् ।

उत्तरदायित्वको बढ्दो मागको बीचमा, प्रहरी प्रमुख युन हे-क्युनले घटनाको पूर्ण अनुसन्धानको आश्वासन दिँदै घटनामा “सार्वजनिक सुरक्षाको सन्दर्भमा ठूलो जिम्मेवारी” महसुस गरे। देशका गृहमन्त्री ली साङ-मिनले पनि घटनाप्रति माफी मागेका छन्।

शनिबार ह्यालोवीन पर्वका क्रममा भागदौड हुँदा १५६ जनाको मृत्यु भएको थियो भने १५२ जना घाइते भएका थिए । मृत्यु हुनेमा अधिकांश २० देखि ३० वर्ष उमेर समूहका युवा रहेका छन् । प्रहरी भीड नियन्त्रण गर्न असफल भएको प्रत्यक्षदर्शीले बताएका छन् । कोविडसँग सम्बन्धित प्रतिबन्धहरू हटाइएपछि सियोलमा यो पहिलो हेलोवीन उत्सव थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *