एलन मस्कले टेस्लाका ५० कर्मचारीहरूलाई ट्विटरमा ताने

डिसी नेपाल
१६ कार्तिक २०७९ ११:२५
752
Shares

न्युयोर्क। हाल ट्विटरका एकमात्र निर्देशक र सीईओ एलन मस्कले आफ्ना अन्य कम्पनीका कर्मचारीहरूलाई सामाजिक सञ्जाल काम गर्न अख्यितार प्रदान गरेको सीएनबीसीको एक रिपोर्टमा भनिएको छ। यसमा टेस्लाका ५० कर्मचारीहरू समावेश छन्। प्रायः अटोपाइलट टोलीका छन्। दुई जना बोरिङ कम्पनीका र एकजना न्युरालिङ्कका छन्।

मस्कले यही अक्टोबर २८ मा ट्वीटरको ४४ बिलियन डलरको अधिग्रहण पूरा गरेका थिए। पछिल्लो अधिग्रहणसँगै अर्बपति मस्कले सामाजिक सञ्जाल कम्पनीलाई आफूले प्रमुख वा सह–स्थापना गरेका कम्पनीहरूको सूचीमा थपेका छन्।

मस्कले ट्विटरमा तानेका अन्य कम्पनीका कर्मचारीहरूमा टेस्लाका सफ्टवेयर विकास निर्देशक अशोक इल्लुस्वामी, अटोपाइलट र टेस्लाबोट इन्जिनियरिङका निर्देशक मिलन कोभाक, सफ्टवेयर इन्जिनियरिङका वरिष्ठ निर्देशक महा विर्दुहगिरीलगायत छन्।

पदभार ग्रहण गरेको केही समय पछि, ट्विटरको “चीफ ट्विट“ मस्कले कम्पनीका सीईओ पराग अग्रवाल, सीएफओ नेड सेगल र कानुनी र नीति प्रमुख विजया गड्डेलाई बर्खास्त गरेका थिए  उनले कम्पनीको निर्देशक बोर्ड पनि भंग गरेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *